arrow

बर्खास्त डिएसपी जिसीको बयान सकियो

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ चैत १२ मंगलबार
Angur1.jpg

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्त प्रकरणमा मुछिएका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका बर्खास्त  डिएसपी अंगुर जिसीको बयान सकिएको छ । दुई दिन लगाएर जिसीको बयान मंगलबार सकिएको अदालतले जनाएको छ ।

उनी सहित आठ प्रहरी बिरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवि पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौँमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिह विष्टले यातना बिरुद्धमा दायर गरेको मुद्दा लागेका पुर्व डिएसपी जिसी सोमबार दिउँसो ११ बजेतिर आफै जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।  

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जिल्ला न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको रोहोबरमा बयान गरिएको बताए । ‘आज बयान सकियो ‘श्रेस्तेदार अवस्थीले भने, ‘हामीले जिसीलाई प्रहरीको जिम्मा लगाएका छौँ ।’ बुधबार बिहान १० बजे आदालतमा उपस्थित गराउने हिसाबले जिसी प्रहरीको नियन्त्रणमा छन् ।

निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसंगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसीको नेतृत्वका लागि घटनाको अनुसन्धान गर्नका लागि १३ साउनदेखि सिआईबीको टोली कञ्चनपुर आईपुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ