arrow

प्रहरीसंग विप्लवका कार्यकर्ताको जम्काभेट, दोहोरो भिडन्तमा इन्चार्ज घाइते 

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
biplab-maobadi.jpeg

अछाम । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच अछाममा जम्काभेट भएको छ । 

रामारोशन गाउँपालिकाको बाटुलासैनमा मंगलबार दिउँसो जम्माभेट भएपछि दुई पक्षबीच गोली हानाहान भएको थियो । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जवाफी कार्वाहीका क्रममा प्रहरीले हानेको गोली लागेर विप्लवका अछाम इन्चार्ज सामान्य घाइते भएको बताइएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाएको अछाम प्रहरीले जनाएको छ । 

दोहोरो भिडन्त भएको ठाउँमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । 

पछिल्लो समय सरकारले चन्द समूहका नेता कार्यकर्तामाथि धरपकडलायृ तीब्रता दिएको छ । सोमबार र मंगलबार मात्रै विप्लव समूहका २१ जना पक्राउ परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ