arrow

कनेटिकेट नेपाली समाजमा जितेन्द्रको जित  

logo
केपी भट्ट,
प्रकाशित २०७५ चैत १३ बुधबार
nac-team.jpg

 अमेरिका। विभिन्न पेसामा गरेर अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेट (२०१९–२०२०) ले नयाँ नेतृत्व पाएको छ । नयाँ कार्यकालको लागि बौद्धिक, गतिशील, कर्मठ तथा ईमान्दार व्यक्तित्व जितेन्द्र बस्नेत विजयी भएका छन् । 

मार्च २४ मा भएको संस्थाको निबार्चनबाट अध्यक्ष पदमा जितेन्द्र बस्नेत निबार्चित भएका हुन् । निर्वाचनछि प्रतिकृया दिादै उनले यो निर्वाचनमा सवै नेपालीको जीत भएको बताए । 

अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेललाई पराजित गर्दै उनी विजयी भएका हुन् । कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेटिकेटमा जम्मा ५१४ मत खसेको थियो । जसमध्ये निबार्चित बस्नेतले ३२९ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गरेका थिए । 

५ मत बदर भएको निवार्चन समितिले जानकारी दिएको छ । त्यस्तैगरी संस्थाको उपाध्यक्षमा जय राई, सचिबमा भद्रा राई, सहकोषध्यक्षमा कुलदेव अधिकारी,  सहसचिबमा रविन तुम्बाफे, युथ कोडिनेटरमा विधान अधिकारी तथा सदस्यहरुमा रिन्कु श्रेष्ठ र  सुवास बुढ़ाथोकी निर्विरोध चयन भएका छन् । 

आगामी दिनमा सबैसंग हातेमालो गरेर कसैलाई पनि काखा र पाखा नगरी अहिलेभन्दा गतिशीलताका साथ संस्थालाई नयाँ ढंगबाट अगाडि बढाउने संस्थाका नवनिबार्चित अध्यक्ष बस्नेतले बताए । उनलाई  निवार्चनका समयमा सहयोग गर्ने सबै कनेटिकेटबासी नेपालीहरुलाई आभार पनि बस्नेतले व्यक्त गरे । 

अध्यक्षका पराजित उम्मेदवार पौडेलले आफु निर्वाचनमा पराजित भएता पनि संस्थाको विकासमा आफू सधै तत्पर रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ