arrow

नयाँ नमूना शहर फिदिमको काम सुस्त

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1925100310.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । देशका दश नयाँ शहरमा परेको पाँचथरको फिदिमलाई नयाँ सहर बनाउने काम सुस्त गतिमा भएको सरोकारवालाहरुले आरोप लगाएका छन् । सरकारले ६ वर्ष अघि नयाँ सहरको प्रस्ताव गरेपछि विस्तृत अध्ययन गरी बर्षेनी बजेट विनियोजन गर्दै आएपनि बल्ल सवारी व्यवस्थापन गर्न वसपार्क र बजारको फोहोर विसर्नजन गर्न ल्याण्डफिल्ड साइड निर्माण भएको बताउँदै काम तीव्र गतिमा हुनु पर्ने बताएका हुन् ।

 नयाँ सहर आयोजनाको कार्यालयद्धारा बुधबार आयोजित फिदिम नयाँ सहरको एकिकृत विकास योजना तर्जुमा प्रारम्भिक कार्याशाला गोष्ठिमा नगरवासी तथा नगर विकास समितिका पूर्व सदस्य सचिव इञ्जिनियर विजयविक्रम योक्पाङदेनले सानातिना पूर्वाधार निर्माणका काम भएको, धेरै गोष्ठि,अन्तरक्रिया र छलफल भएको तर कार्यान्वयन नभएको औँल्याए । काम ढिला गरी हुने हो भने २० वर्ष सम्ममा नयाँ सहर बनाउने सरकारको लक्ष्य पुरा नहुने उनले ठोकुवा गरे ।

अव्यवस्थित घर निर्माण,साँगुरो सडक,कर्मचारीको उदासिनता ,नगर विकास समितिको अल्छिपना र गुरुयोजना नै निर्माण नहुनु लगायतका कारणले नयाँ सहर निर्माणको काममा सुस्तता आएको योक्पाङदेनले दावी गरेका गरेका छन् । फिदिमका स्थानिय तुलसी मिश्रले नयाँ सहरको निर्माण भौतिक पूर्वाधार निर्माणका कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागी जिल्ला स्थित राजनीतिक दल,नागरिक समाजका प्रतिनीधिहरुले गत साल नयाँ सहरको जग्गा खरिद र सडक निर्माणको शीर्षकमा आएको कूल १ करोड ६१ लाख रुपैयाँ फ्रिज भएको भन्दै आपत्ती जनाएका थिए ।

आर्थिक वर्ष २०७२÷०७३ मा ४९ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको र समयमै काम गरी भौतिक प्रगती देखाउन नगर विकास समितिलाई आग्रह गरेका छन् । कार्यक्रममा परामर्शदाता रिव्स इन्जिनियरिङ कन्सल्टका टिम लिडर नारायण खनालले नयाँ सहरको एकिकृत विकास योजना बनाएपछि काम तीव्र गतिमा हुने बताए । नयाँ सहर आयोजनाको कार्यालयले पनि प्राप्त सुझाव अनुसार अघि बढ्ने जनायो । सरकारको लक्ष्य अनुसार २० वर्षमा फिदिममा १ लाख जनसंख्या अटाउने छन् । हिमाली र पहाडी क्षेत्रबाट बसाई सरेर मधेश झर्ने क्रम बढेपछि जनसंख्या व्यवस्थापन गर्न सरकारले फिदिम बजारलाई नयाँ सहर बनाउने भएको हो । फिदिमसँगै मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, तनहुँको डुर्मे, दैलेखको राकम कणार्ली, अछामको साँफेबगर र बैतडीको पाटन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ