arrow

चिट चोराउन नपाएको भन्दै परिक्षा केन्द्रमा ढुङ्गा मुढा गर्ने तीन जना नियन्त्रणमा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ चैत १३ बुधबार
bajhang_district_map.png

बझाङ। एसइइ परिक्षामा चिट चोराउन नपाएको भन्दै स्थानीयले परिक्षा केन्द्रमा ढुङ्गा मुढा गरेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मा बि केन्द्रमा चिट चोराउन नदिएको भन्दै स्थानीयबासीले ढुङ्गा मुढा गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

परिक्षा केन्द्र वरिपरि अभिभावकहरुको भिडभाड भएपछी प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरी माथिनै ढुङ्गामुढा भएको प्रहरी नायब उपरिक्षक प्रबिण धितालले जानकारी दिनुभयो । वहाँले भन्नु भयो चिट चोराउने तीन जना लाई प्रहरीले नियन्तणमा लिएपछि स्थानीयले परिक्षा केन्द्रमा ढुङ्गा मुढा गरेपछि स्थिती तनाबग्रस्त भएको थियो ।

 यसैवीच हुलदंगा गर्ने ३ जनालाई नियन्त्रणमा लिएर प्रहरी फर्किएपछी फेरी अभिभावकहरु परिक्षा हलमा पसेर ढुङ्गामुढा प्रहार गर्ने तथा परिक्षा नै रद्ध गर्ने हर्कत गरेपछी प्रहरीले एक राउन्ड हवाई फाएरिङ गरेर अबस्थालाई नियन्त्रणमा लिएको समेत प्रहरी नायव उपरिक्षक  धितालले जानकारी दिनु भएको छ । ढुङ्गामुढा गर्दा परिक्षा केन्द्रको जस्ता पाताका छानाहरुमा प्वाल परेको समेत बताइएको छ ।

पक्राउ परेका ३ जनाको प्रहरीले नाम खुलाएको छैन भने उनिहरु माथी थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक समेत धितालले जानकारी दिनुभयो ।  परिक्षा केन्द्रको निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी शुरेस सुनार, प्रहरी नयाब उपरिक प्रणिण धिताल , ससस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक भुवन पन्त र जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख सुरेन्द्र कठायत जानु भएको थियो । प्रायजसो जिल्लाका सबै जसो परिक्षा केन्द्रमा परिक्षार्थीलाई चिट चोराउन भिडभाड लाग्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ