arrow

यातायात व्यवसायी महासङ्घबाटै समितिलाई कम्पनीमा जान निर्देशन

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
old-vehicle.jpeg

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ । 

महासङ्घको कार्यसम्पादन सचिवालयको बुधबार यहाँ बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो ।

महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिए । 

उक्त निर्णयसँगै अब सबै यातायात व्यवसायी सङ्घ तथा यातायात व्यवसायी प्रालि कम्पनीमा जानुपर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ