arrow

अनाथ विद्यार्थीको सेवा गर्ने यी हुन् संसारकै सर्वश्रेष्ठ शिक्षक, पाए ११ करोड पुरस्कार

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
peter-tibichi.jpg

काठमाडौं ।  हामी प्राय स्कूलमा देख्छौ टीचर डेमा बेस्ट टीचरलाई अवार्ड दिइएको । साथै विद्यार्थी पनि आफ्नो फेभरेट टीचरलाई केहि उपहार दिन्छन् । तर अब संसारको सर्वश्रेष्ठ शिक्षक भेटिएका छन् । यी शिक्षकको नाम हो पिटर ताबीची । उनि गणित र फिजिक्सका शिक्षक हुन् । जुन स्कूलमा उनि पढाउछन् त्यो स्कूल शहरभन्दा टाढा एक सानो गाँउमा रहेको छ ।

पिटरको कामलाई विचार गर्दै उनलाई सन् २०१९ को ग्लोबल टीचरको पुरस्कार दिइएको छ । हलिउड स्टार ह्यूग जेकद्वार उनलाई सो  पुरस्कार दिइएको हो  । उनले पुरस्कारमा ११ करोड नेपाली रुपैयाँ पनि पाएका छन् ।

पिटरले आफ्नो तलबको ८० प्रतिशत गरीब बच्चहरुलाई दिन्थे । उनि केन्या पवानी गाँउको स्कूलमा पढाउछन् । जुन शहर भन्दा निकै टाढा रहेको छ ।  सो गाँउमा गरीब मानिसहरुको बर्चस्व रहेको छ । गरीबी यति धेरै छ कि मानिस अपनो जीवनयापन गर्नको लागि नशालु पदार्थ लिने गर्छन् ।

भोकमरीबाट ग्रसित मानिसहरु कयौ पटक आत्महत्या गर्ने कोशिस गर्छन् । पीटर भन्छन्,'स्कूलमा करिब ९५ प्रतिशत गरीब बच्चा पढ्नको लागि आउछन् । यी विद्यार्थीको सहयोग गर्न पाउदा मलाई अत्यन्तै खुशी लाग्छ । म यी विद्यार्थीहरु अगाडि बढेको हेर्न चहान्छु । यदि आज यी मानिसहरुलाई केहि सहयोग गर्न पाएको छु त्यसमा बच्चहरुको ठुलो सहयोग छ ।'

गाँउका अनाथ बच्चाहरुको सहारा एकमात्र पीटर हुन् । सबैको खानेदेखि लिएर पढाईको ध्यान उनि राख्छन् । बच्चाहरु पीटरको सबै कुरा मान्छन् । आफ्नो जीवन सफल बनाउनको लागि कठिन परिश्रम गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ