arrow

यस्तो छ एन्टी स्याटेलाईट मिसाइलको इतिहास

एन्टी स्याटेलाईट मिसाइल के हो ?

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
anti-satellite-missile.jpg

काठमाडौं । बुधवार भारतीय अंतरिक्ष अनुसन्धान संगठन (इसरो) ले एन्टी-स्याटेलाइट मिसाइल (एसेट) को प्रयोगबाट करीब तीन सय किमी दुरिमा रहेको ला अर्बिट (कक्ष) मा एक लाइभ स्याटेलाईटलाई नष्ट गर्‍यो । सो सफलतासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भारत अन्तरिक्ष महाशक्ति बन्ने घोषणा गरे ।

 रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का अध्यक्ष सतीश रेड्डीले भारतले स्वदेशी एन्टी स्याटेलाईट मिसाइलबाट मिशन कूल ३ मिनेटमा पुरा गरेको बताए । साथै उनले मिशनमा नष्ट गरिएको स्याटेलाईट भारतै रहेको जानकारि दिए ।

 एन्टी स्याटेलाईट मिसाइल के हो ?

एन्टी स्याटेलाईट मिसाइल अन्तरिक्षमा प्रयोग गरिने हतियार हो । यसलाई शत्रु देशको स्याटेलाईट सिस्टम नष्ट गर्नको लागि बनाइएको हो । एन्टी स्याटेलाईट प्रविधिबाट अन्तरिक्षमा कुनै पनि स्याटेलाईटलाई नष्ट गर्न सकिन्छ ।

युद्धको समय कुनै पनि दुश्मन देशको स्याटेलाईटलाई नष्ट गरेर देशको संयन्त्रलाई नोक्सान पुर्‍याउन सकिन्छ । स्याटेलाईटको माध्यमबाट देशमा संचार सुविधाले काम गर्छ । यदि त्यसलाई नष्ट गरे रेडियो, टेलिभिजन मोबाइल जस्ता सबै संचार माध्यम काम गर्ने छैन ।

स्याटेलाईटलाई नष्ट गरिए देश आफ्नो सैन्य बलको लोकेशनलाई स्याटेलाईटको माध्यमबाट मोनिटर गर्न सक्ने छैन । त्यस्तै भौगोलिक क्षेत्र र मौसमको जानकारी पनि प्राप्त हुनेछैन ।  

एन्टी स्याटेलाईट मिसाइलको इतिहास

संसारमा अहिलेसम्म एन्टी स्याटेलाईट सिस्टम परीक्षण तीन देश अमेरिका, रूस र चीनले मात्र गरेका थिए । यसमा अब भारत पनि थपिएको छ । कुनै पनि देशले अहिलेसम्म युद्धको क्रममा यस शक्तिको प्रयोग गरेका छैनन् । सबै देशहरुले आफ्नो शक्तिको प्रदर्शन गर्नको लागि आफ्नै स्याटेलाईटलाई नष्ट गरेका छन् ।  

अमेरिकाले सन् १९५० को दशकमा एन्टी स्याटेलाईट मिसाइल विकसित गरेको हो । २६ मे १९५८ देखि १३ अक्टूबर १९५९ बीच अन्तरिक्षमा स्याटेलाई नष्ट गर्न १२ परिक्षण गरियो तर सफलता मिलेन । ७० को दशकसम्म यस्तो प्रयास जारी रह्यो । यस मिशनमा पहिलो सफलता अमेरिकाले १३ सेक्टेम्बर १९८५ मा पायो । जब  ११ हजार ६ सय १३ मीलको उचाइबाट एफ-१५ ले मिसाइल लन्च गरियो र  पृथ्वीबाट ५ सय ५५  किमी माथि अर्बिट गरिरहेको स्याटेलाईट पी ७८ -१ लाई खसाल्यो ।

रूस ( तत्कालिन सोभियत यूनियन) ले पनि १९५० को दशकदेखि नै एन्टी स्याटेलाईट मिशन माथि काम गर्न शुरू गरेको थियो ।  ७० को दशकमा रुसले एन्टी स्याटेलाईट मिसाइल परिक्षण शुरू गर्‍यो ।  तर पहिलो सफलता १ नोबेम्बर १९६८ पायो , रुसले अर्बिटमा एक स्याटेलाईटलाई आफ्नो मिसाइलबाट नष्ट गर्‍यो ।

सन् १९६७ मा एक अन्तर्राष्ट्रीय सन्धि 'आउटर स्पेस ट्रीटी' मा हस्ताक्षर भयो । जसमा अन्तरिक्षलाई युद्धक्षेत्र नबनाउने निश्चित गरिएको छ । अन्तरिक्ष सबैको लागि हो, र यसलाई मानव जातिको हितमा ने प्रयोग गरिनेछ । फेब्रअरी २०१९ सम्ममा संसारका १ सय ८ देशहरु सन्धिमा हस्ताक्षर गरेका छन् ।   

चीनले २००७ मा एन्टी स्याटेलाईट मिशनमा सफलता हासिल गर्‍यो । ११ जनवरी २०१७ मा स्पेसमा ८ सय ६५ किमीको उचाइमा  फेग्यान सीरीजको आफ्नो एक वेदर स्याटेलाईट 'एफवाय-१ सी पोलर' लाई मिसाइलबाट नष्ट गर्‍यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ