arrow

पुस मसान्तसम्म साक्षर जिल्ला घोषणा गर्न स्थानीय तहका प्रमुखहरुको प्रतिबद्धता

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ चैत १५ शुक्रबार
eudation-bajhang.jpg

बझाङ । बझाङ जिल्लालाई आगामी २०७६ पुस मसान्त  भित्र साक्षर जिल्ला घोषणा गर्नका लागी स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका छन् । बिहीबार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रले आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखहरुले २०७६ पुस मसान्त भित्र साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 नेपाल सरकारले २०७६ साललाई साक्षर बर्षका रुपमा मनाएर देश भरिका सबै जिल्लालाई  साक्षर जिल्ला घोषणा गर्ने उदेस्य अनुरुप बझाङ जिल्ला लाई पनी साक्षर जिल्ला घोषणा गर्न स्थानीय तहका प्रमुख संग छलफल गरिएको थियो । छलफल कार्यक्रमा  जिल्लाका १२ वटै स्थानीय तहहरुमा हाल साक्षरता घोषणाका लागी भएका प्रयास , चुनौतीहरु र समाधानका उपायहरुका बारेमा समेत ब्यापक छलफल गरि नेपाल सरकारले लिएको साक्षर नेपाल बर्ष २०७६ लाई सफल पार्न प्रतिबद्ध भएका हुन् ।

 पहिलो चरणमा स्थानीय तहमा वडाहरुबाट साक्षर वडा घोषणा गर्दै पालिकाहरु घोषणा गरि सकेपछि जिल्ला लाई नै घोषणा गर्न आवश्यक तयारी गर्ने गरि कार्य योजना समेत तय गरिएको छ ।  जिल्ला समन्वय समितीका प्रमुख खडक खड्काले भने, नेपाल सरकारले लिएको निती तथा दिगो बिकास लक्ष्यको ४ नम्बर बुदामा पनि सबैका लागी समाबेसी समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सिकाईका अबसरहरु प्रवर्धन गर्ने उल्लेख भए अनुसार यस अभियानमा सबैले  प्रतिबद्ध भएर लाग्नु पर्छ ।

 उनले सबैका लागी शिक्षा अनिबार्य भएको बताउदै स्थानीय तहहरुले साक्षरता लाई टोल टोलमा अभियान कै रुपमा लिएर आगामी मंसिर भित्र वडा हुदै स्थानीय तहहरु घोषणा गर्न सबै जनप्रतिनधीहरुले लाग्नु पर्नेमा जोड दिए।
 
 २०६८ सालको जनगणना अनुसार महिला १ लाख २ हजार ३ सय ५६ ,पुरुष ९२ हजार ३ सय ९५ मध्ये १५ देखि ६० बर्ष उमेरका ६५.  प्रतिशत साक्षर रहेको उल्लेख गरिएको छ जस मध्ये ३५ प्रतिशत अझै निरक्षर रहेका छन् । बझाङ जिल्लाका दश गाउँपालिका र दुई नगरपालिकाहरुले झण्डै ९० भन्दा बढी प्रतिसत साक्षर भएको शिक्षा विकास तथा समन्वय ईकाइ  प्रमुख सुरेन्द्र कठायतले बताए । उनले भ १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत साक्षर पुगी सकेपछि पालिका, जिल्ला घोषणा गर्न सकिने भएकाले सबैले यस कार्यमा जोड दिन आग्रह गरे।

जिल्लाका सबै स्थानीय तहहरुले प्रत्येक वडाहरुमा बसोवास गर्ने १५ देखि ६० बर्ष सम्मका निरक्षरहरुको तथ्याङ्क संङ्कलन गर्ने । जसका लागी स्थानीय स्रोत ब्यबस्थापन सहित कार्यक्रमहरु अगाडि बढाउने, आ–आफ्नो क्षेत्र भित्रका टोल बस्तीमा साक्षरता कक्षा सञ्चालनका लागि विद्यार्थी, शिक्षक ,अभिभावक ,राजनैतिक दल ,सरोकारवाल निकायहरुले अभियानका रुपमा लाग्नु पर्ने समेत कुरामा सबै स्थानीतहका प्रमुखहरुले जोड दिएका थिए ।

 शिक्षा तथा मानव स्रोत विकास केन्द्र  उपसचिव दिनेश घिमिरेले  हाल  नेपालमा ४७ जिल्ला साक्षर घोषण भई सकेको र  अझै ३० जिल्ला साक्षर घोषणा गर्न बाँकी रहेको बताउदै बझाङ जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नका लागि स्थानीय सरकारले नै जिम्मेवार हुनु पर्ने बताए । उनले सामुदायिक सिकाई केन्द्र, प्रत्येक साक्षर घर परिवार, शिक्षक  विद्यार्थी र आम संञ्चार माध्यामले ठुलो भुमिका खेल्ने भएकाले निरक्षरलाई साक्षर बनाउनु पर्ने सबैको दायित्व भएकाले आ–आफ्नो ठाउँबाट यस  जिल्लालाई समेत साक्षर जिल्ला घोषणा गर्न आग्रह गरे। छलफल कार्यक्रममा नागरिक समाज , गैरसरकारी संस्थाका प्रमुख लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ