arrow

पत्रकार माथि हातपात, तानसेनमा तनाव

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ चैत १५ शुक्रबार
patrakar_kutpit.jpg

पाल्पा(तानसेन) । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य विजयकुमार बौडेलमाथि हातपात भएको छ । माघ १५ गते तानसेन नगरपालिका बोर्ड बैठकले तानसेन बजार सुन सान भएपछि बजारमा चहल पहल भित्रयाउन भन्दै होलाङ्दी बसपार्क बतासे ढुङ्गााखानी सडक दायाँ र बाँया दश-दश मिटर फराकिलो बनाउने निर्णय विरुद्धमा आन्दोलनमा सहभागी केही व्यक्तिहरुले पत्रकार अर्याल र बौडेल माथि शुक्रबार हातपात गरेका हुन् ।

सूचना संकलन तथा प्रकाशन प्रशारण निर्वाध रुपमा गर्न पाउने प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप निन्दनीय कदम हो । यसर्थ  सञ्चारकर्मी माथि हातपात गर्ने र ज्यान मार्ने धम्की समेत दिने उपर आवश्यक कानूनी कारबाही गरी साथै सञ्चारकर्मीहरुको ज्यानको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि प्रहरी प्रशासनलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ महासंघका उपाध्यक्ष भरत शर्मा र सचिव किरण कौशलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारलाई आन्दोलनकारीबाट कुटपिट र दुर व्यवहार भएको घटना थाहा पाएपछि तत्काल घटनाको जानकारी लिन आफु नगरपालिका पुगेको पिडित अध्यक्ष अर्यालले बताए । उनले भने ‘सोही क्रममा  आफुलाई  कुटपिट गरी ज्यान मार्न खोजिएको हो ।’ समाचार संकलनको क्रममा यस्तो दुःखद घटना हुनु ज्यादै लजास्पद भएको अध्यक्ष अर्यालले बताए । आन्दोलनकारीबाट कुटिएका अर्का पत्रकार विजय वौडेलले केही साथीहरुले नछेकेको भए मेरो अवस्था अस्पतालको वेडमा हुने भन्दै दोषिलाई कानुनी कारवाही गरी जिउधनको सुरक्षा गर्न माग गरेका छन् ।

प्रजिअ मनोहरप्रसाद खनालले सत्य सत्य पत्ता लगाई कानुनी कारवाही गर्ने पत्रकारहरुको सुरक्षामा खटिने बताए । प्रहरीले महासंघले किटानी दिएका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

 पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले व्यवसायी आरोपको आधारमा पक्राउ गर्नु गलत भएको र देखिएका समस्याहरु दुवै पक्ष बिच वार्ताबाट समाधान गर्नुपर्ने बताए । घटना पछि तानसेन तनाव ग्रस्त बनेको छ । शुक्रबार तानसेन व्यवसायिहरुले पसललै बन्द गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ