arrow

वेपत्ता पत्रकार खड्काको खोजी गर्न पाँच सदस्यीय अध्ययन टोली गठन 

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
journalist-khadka-search-team.jpg

डोटी। नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा महासंघ डोटीले बेपत्ता पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजि कार्यका लागि पाँच सदस्यीय अध्ययन टोली गठन गरेको छ। बाजुराको बुढिनन्दा मेलाको दर्शन एवं रिपोर्टिङ्ग गरेर फर्कने क्रममा छापे्र भन्ने ठाउँवाट भाद्र ९ गते देखि बेपत्ता भएका पत्रकार खड्काको अवस्था पत्ता लगाउन नेपाल पत्रकार महासंघ डोटीले अध्ययन टोली गठन गरेको हो।

नेपाल महासंघका डोटीशाखाका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन टोली गठन गरीएको छ। टोलीको सदस्यमा नेपाल पत्रकार महासंघ डोटीका कोषाध्यक्ष अरुण बम, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम , प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली र प्रेस सेन्टर नेपाल डोटीका कार्यवाहक अध्यक्ष कर्ण चन्द रहेका छन्।

वेपत्ता भएको करीव आठ महिना भइ सक्दा पनि खड्का अझै अज्ञात भएकाले उहाँको अवस्था  पत्ता लगाउन नसकेपछि नेपाल पत्रकार महासंघ डोटीले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

उक्त टोलीले वेपत्ता पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटना स्थलको अध्ययन प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटि, प्रदेश कमिटि र नेपाल सरकारका सम्बन्धित निकायहरुमा पेश गर्ने अध्ययन टोलीका संयोजक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बलायरले बताए।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल हुँदै केन्द्रीय प्रसारणमा समेत काम गरेका थिए।

नेपाल पत्रकार महासंघ डोटी शाखाका साधारण सदस्य समेत रहेका पत्रकार खड्का पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए। पत्रकार खड्का हराए लगत्तै नेपाल प्रेश युनियन, नेपाल पत्रकार महासंघ, नेपाली सेना, नेपाल प्रहरी ,प्रदेश सरकार र स्थानीयले लगायतले खोजी कार्य गरेता पनि अँझै फेला परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ