arrow

दुई महिनादेखि अपरेशन कक्ष बन्द

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1378357620.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । जिल्ला अस्पताल पाँचथरका प्रमुख डा.पवनजंग रायमाझी सरुवा भएर गएपछि अस्पतालको रिक्त दरवन्दीमा २ महिना वित्दा समेत डाक्टर नआएपछि अस्पतालको अपरेशन थिएटर वन्द भएको छ ।  

अपरेशन थिएटर बन्द भएपछि अहिले प्रशुती गराउन जिल्ला बाहिर जानुपर्ने वाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अहिले पाँचथर,तेह्रमुको आठराई र ताप्लेजुङ जिल्लाका सर्वसाधरण गर्भवती महिलाको गर्भ अपरेशन गराउनुपरेमा झापा,मोरङ लैजानुपर्ने अवस्था आएको सेवाग्राही वताउने गर्दछन् ।

सुदुरपूर्वी पहाडि जिल्ला भएकोले यस जिल्लामा दक्ष चिकित्सक आउन नमान्ने जिल्ला अस्पताल पाँचथरले जनाएको छ । ६ महिना सम्म अस्पतलामा कार्यक्षेत्र बनाएर सरुवा भएका डा.पवनजंग रायमाझी स्त्री रोग विशेषज्ञ रहेकाले यस भेगका महिला रोगीहरुलाई ठूलो राहात मिलेको थियो ।

वन्द रहेको अपरेशन कक्ष तत्काल संचालनमा ल्याउन पहल भइरहेको निमित्त जिल्ला स्वास्थ्य प्रमुख डा.ओमप्रकाश यादवले बताए । अहिले अस्पतालमा सामान्य अवस्थाको प्रसुती भने दैनिक ४ देखि ५ वटा सम्म गराइरहेको जानकारी उनले गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ