arrow

प्रेस युनियन बेलायतको प्रथम अधिवेशन लण्डनमा, निरौलाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
press-union-uk.jpg

लण्डन। नेपाल प्रेस युनियनको बेलायतको प्रथम अधिवेशन आइतवार सम्पन्न भएको छ । लण्डनको प्लमस्डेटमा भएको अधिवेशनबाट बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मतले चयन भएको छ । नेपालमा लोकतान्त्रिक धारका पत्रकारहरुको संगठनको बैदेशिक शाखाहरुमध्ये बेलायत शाखा दोश्रो हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिबमा मन्दीप केसी, प्रवक्तामा भीम खरेल सहसचिबमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, दयालु देवकोटा, लालमणी भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुन निर्वाचित भएका छन् ।

अधिवेशनले सञ्जयभक्त कंडेल, राजन खकुरेल, हेमन्त सेढाईं, शिव भण्डारी, उपेन्द्र पौडेल, विनय अधिकारी र कुश बस्नेतलाई युनियनको महाधिबेशन प्रतिनिधिमा चयन गरेको छ ।

बिपिन निरौलाको अध्यक्षतामा बसेको अधिवेशनको उदघाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकारिता र बेलायतमा सिकेको ज्ञान, सीप र अनुभव नेपालसंग जोड्न बेलायतमा क्रियाशील प्रेस युनियनमा आवद्द साथीहरुको अहम भूमिका रहने कुरा बताए ।

कार्यक्रममा नेयाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले बेलायतमा क्रियाशील प्रेस युनियनका सदस्य र जनसम्पर्क समिति बेलायतमा आवद्द सम्पूर्ण सदस्यहरुले आफ्नो मातृपार्टी नेपाली कांग्रेसलाई समय अनुसार सहयोग र आवश्यक सुधारका लागि पहल गर्न एक जुट भई कार्य गर्नुपर्ने बताए ।

कार्यक्रमका हाल बेलायत भ्रमणमा रहेका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा, नेपाली राजदुतावासका उपनियोग प्रमुख शरदराज आरन, एनआरएनए उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिब अजय बाबु शिवाकोटी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपाँगीले नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरे ।

अधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायत, एनआरएनए यूके, नेपाल पत्रकार महासंघ बेलायत शाखा लगायत बेलायतस्थित अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ