arrow

स्वास्थ्य टोली हावाहुरी प्रभावित जिल्लामा : रगतको अभाव नभएको स्वास्थ्य मन्त्रालयको दाबी 

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
strom-victim.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हावाहुरी प्रभावित जिल्ला बारामा उपचारमा कमी हुन नदिन डा रमेश खरेलको नेतृत्वको एक टोली त्यसतर्फ पठाएको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले गरेको निर्णय अनुसार डा रमेश खरेलको नेतृत्वको एक टोली त्यहा पुगेको छ भने डा दिपेन्द्र रमणसिंहको नेतृत्वको अर्को टोली त्यसतर्फ जादै गरेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता महेन्द्र श्रेष्ठले बताए। मन्त्रालयका प्रवक्ता  श्रेष्ठले जनकपुर , हेटौडा र चितवनबाट अर्थोपेडिक सर्जनसहितको चिकित्सकीय टोली तथा औषधी  त्यसतर्फ पठाइएको बताए।  बाराको पथलैया केन्द्रिय औषधी भण्डारणबाट आवश्यक मात्रामा औषधी प्रभावित क्षेत्रमा पठाएकोले अत्यावश्यक औषधी कमी हुन नदिने उनको दाबी छ। 

मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार हावाहुरीबाट २७ जनाको ज्यान गएको छ । चार सय भन्दा बढी घाइते भएका छन्। घाइते सबैको स्थानीय नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, तराई अस्पताल वीरगञ्ज, कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ। त्यसमध्ये नारायणी उपक्षेत्रीयमा बिरामीको सख्या अत्यधिक भएकाले राख्ने स्थानमा कमी भएको खबर आएकाले त्यसको पनि व्यवस्थापन भइरहेको छ । बाहिर खबर आएजसरी औषधी र रगतको अभाव नभएको श्रेष्ठले जानकारी दिए।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, सचिव चन्द्रप्रसाद घिमिरे, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी प्रभावित जिल्ला पुगिसकेका छन् भने राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादव पनि जादै गरेको  प्रवक्ता श्रेष्ठले बताए। 

थप अर्को टोली साँझसम्म बारामा  पुग्ने
यसैगरी , घटनास्थलमा संक्रमण फैलिन नदिन र पीडितको उचित बासस्थान र स्वस्थ खानाको व्यवस्थापनका लागि अन्य सम्बन्धीत मन्त्रालयसँग समेत सहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ। उपचारमा सहजता ल्याउन स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले खटाएको टोली घटनास्थलमा पुगिसकेको र थप अर्को टोली साँझसम्म त्यहाँ पुग्ने मन्त्रालयले जनाएको छ।  विनाशकारी हावाहरीबाट घाइते भएकाको उपचार गर्न आवश्यक परे थप टोली पनि पठाउनका लागि टोली तयारी अवस्थामा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ