arrow

एप्पल भन्दा ४६ प्रतिशत बढी मुनाफा कमाउने साउदीको यो कम्पनी किन गुपचुप ?

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
aaram_oil_company.jpg

काठमाडौं । दुनियामा सबैभन्दा धेरै मुनाफा कमाउने वाला कम्पनीको नाम आयो भने धेरैलाई लाग्न सक्छ गुगल र एप्पल नै हुनुपर्छ । तर सत्यता यसमा छैन । साउदी अरबको आरम कम्पनी दुनियाँको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो। २०१८ सालमा यसको फाईदा मात्रै ऐपलको भन्दा ४६ प्रतिशत ज्यादा थियो । कम्पनीले १११ अरब डलर मुनाफा कमाएको थियो । यसको ऐपल, अल्फाबेट र एग्जोनभन्दा पनि धेरै हो । एग्जोन मोबिल अमेरिकाको प्रमुख तेल कम्पनी हो। 

यसकारण चर्चित छैन कम्पनी 
हामीले यस कम्पनीको नाम यसकारण पनि सुनिएको नहुनसक्छ कि यो कुनैपनि स्टक एक्सचेन्जमा रजिस्टर छैन । पछिल्लो साल आरम नामक सो कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको थियो । तर त्यही समयमा साउदी सरकारले कच्चा तेलको मूल्य कम गरिदियो । २०१८ सालमा सो कम्पनीले सबै भन्दा पहिले यो कम्पनीले आफ्नो मुनाफा घोषित गरेको थियो । सो कम्पनी आफ्नो ब्राण्ड बेचेर मात्रै १० अरब डलर जुटाउन चाहन्छ । 

साउदी सरकारलाई ठूलो योगदान
क्रेडिट रेटिङ्ग एजेन्सी मुडीज र फिन्चले कम्पनीक वित्तीय घोषणाको अध्ययन गरेका थिए। यो कम्पनी साउदी सरकारका लागि आयको ठूलो स्रोत हो । किनभने कूल ट्याक्सको ५० प्रतिशत सरकारलाई यही कम्पनीले राजश्व स्रोत बेहोर्ने गरेको छ । फिन्चका अनुसार २०१५ देखि १७ सम्म देशको ७० प्रतिशत रेभिन्यु यही कम्पनीसँग थियो। कम्पनीको ब्राण्ड बेच्न चाहन्छ । तर यसमा स्टक एक्सचेन्जको जस्तो पारदर्शिता भने छैन ।  

साउदीको नीतिको आधार 
अरैमको ब्राण्ड बेच्ने रणनीति साउदी प्रिन्स सलमानको हो । ताकी यसले अर्थव्यवस्थालाई डाइवर्सिफाई गर्न सकोस् । साउदी अरबले भारत समेत अन्य देशहरुमा समेत लगानी गर्ने फैसला गरिसकेको छ । यसमा यस कम्पनीको माध्यमबाट सरकार ठूलो फण्ड जुटाउन चाहन्छ ।


  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ