arrow

निहोन एजुकेशन कल्चर्स केन्द्र स्थापना, जापानी भाषाको अध्ययन–अध्यापन 

logo
प्रकाशित २०७५ चैत २० बुधबार
DSC_6055.JPG

काठमाडौँ । काठमाडौँको सुकेधारामा निहोन एजुकेशन कल्चर्सको स्थापना भएको छ । बागमती बोर्डिङ स्कुलमा स्थापना भएको यस संस्थाले जापानी भाषाका विभिन्न कोर्षहरुको अध्ययन अध्यापन गराउनेछ । 

मंगलबार एक कार्यक्रमकाबीच पूर्व रक्षामन्त्री एवं सांसद भीमसेनदास प्रधान र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले संयुक्तरुपमा समुद्घाटन गरेका छन् ।

राजदूत साइगोले नेपाल जापान सम्बन्ध सांस्कृतिक धार्मिक र आर्थिक रुपमा अत्यन्त मजवुत रहेको भन्दै यस्ता अध्ययन केन्द्रको माध्यमबाट अझ दुई देशबीचको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धको विकासमा मद्दत गर्ने बताए । 

हालै नेपाल सरकार र जापान सरकारबीच भएको उच्चस्तरीय भ्रमण र बैठकका कारण दुई देशबीच श्रम सम्झौता भएको उल्लेख गर्दै राजदूतले जापान जानका लागि दक्ष—अर्धदक्ष कामदारको ठूलो आवश्यकता रहेको, तर जापानी भाषा र संस्कृतिको जानकार हुनुपर्ने हुँदा त्यसलाई पूरा गर्न यस अध्ययन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि पूर्वरक्षामन्त्री एवं सांसद प्रधानले जसरी भगवान गौतम बुद्धका कारण नेपाल–जापानबीच सम्बन्ध स्थापित भएको छ त्यसलाई अझ उचाईमा पु-याउन यस निहोन एजुकेशन कल्चर्स सेन्टरले सहयोग गर्ने विश्वास लिए । 

यस एजुकेशन कल्चर्समा अध्यापन गराउने विभिन्न विश्वविद्यालयका प्रोफेसरले गर्दा अध्ययन गर्ने विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने र  नेपालीहरुलाई जापानिज भाषा र संस्कृतिको ज्ञान दिन यस एजुकेशन कल्चर्स सेन्टर सफल हुनेमा आफू विश्वस्त रहेको बताए । 

प्रा.डा. सुरेन्द्र सिटौलाले जापान र नेपालको सम्बन्ध ऐतिहासिक रहेको र त्यसलाई प्राविधिक र गुणस्तरीय शिक्षाबाट समेट्नुपर्ने धारणा राखे ।

जापान र नेपालबीचको धार्मिक, सांस्कृतिक सम्बन्धका कारण जुन मित्रता कायम भएको छ, त्यसलाई तल्लोस्तरसम्म अझ मजवुत बनाउन यस भाषा केन्द्रले सहयोग गर्ने उद्देश्य लिएको र  आउँदो मेबाट बागमती बोर्डिङ स्कुलमा जापानिज भाषाका तीन, चार र पाँच लेवलका कक्षा  आमविद्यार्थीहरुका लागि सर्वसुलभ शुल्क लिएर सञ्चालन हुने जानकारीसमेत सिटौलाले दिए । 

कार्यक्रममा नेपाल जापान फ्रेण्डसिप सोसाइटीका अध्यक्ष लेखनाथ घिमिरे, पूर्वसचिव तुलसी सिटौलालगायतको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ