arrow

प्रदेश दुईको प्रदेश सभा बैठक बस्दै

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत २० बुधबार
pradesh-2-cabinet1.jpg

जनकपुर ।  प्रदेश नम्बर दुईको प्रदेश सभा बैठक बुधबार दिउँसो बस्दै छ। बुधबार बस्ने बैठकमा गत आइतबार साँझ आएको विनासकारी हावाहुरीले बारा र पर्सामा भएको क्षतिप्रति शोक प्रस्ताव पारित गर्ने जनाइएका छन।

प्रदेश नम्बर दुई सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सदनलाई घटनाबारे जानकारी गराउने कार्यक्रम रहेको प्रदेश सभा सचिवालय स्रोतले बताए ।

यसअघि चैत १८ गते बस्ने भनिएको बैठक उक्त हावाहुरीका कारण सूचना टाँस गरी २० गते अर्थात बुधबार सम्म स्थगन गरिएको थियो। प्रदेश नम्बर दुई कार्यपरामर्श समितिको बैठक बुधबार  बिहान ९ बजेका लागि बोलाइएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ