arrow

आवाजले क्यान्सर हुने डोनाल्ड ट्रम्पको दाबी (भिडियो)

logo
प्रकाशित २०७५ चैत २० बुधबार
donald-trump.jpeg

एजेन्सी। अमेरिकी राष्टर्पति डोनाल्ड ट्रम्पले हावाबाट बिजुली निकाल्न प्रयोग हुने ‘विन्ड मिल’बाट निस्किने आवाजले क्यान्सर हुने आफुले सुनेको बताएका छन्।

राष्ट्रीय कंग्रेसको समिती बैठकमा बोल्दै ट्रम्पले हिलारी क्लिन्टनले विन्ड मिल राख्न खोजेको र त्यस्को आवाजले क्यान्सर हुने बताएका थिए।

उनले घरहुरको मुल्य पनि विन्ड मिल राखेपछि ७०% कम हुने बताएका थिए। तर केही अध्य्यनले ४०% सम्म कम हुने देखाएको छ भने केहीले खासै असर नपर्ने बताएको छ।

ट्रम्पले हाउभाउ बाट आवाज निकाल्दै क्यान्सर हुने बताए पछि सामाजिक संजालमा हाँसो र मजाकको बिषय बनेको छ। कुनै पनि अध्ययनले क्यान्सर हुने बताएको छैन्। ब्यवसायीक र औधोगिक प्रयोजनका लागि राखिएका विन्डमिलहरु बाट निस्किने आवाजले निन्द्रा नपर्ने, तनाउ बढ्ने भए पनि क्यान्सर हुने बताएको छैन।

भिडियो:

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ