arrow

माछा मार्ने क्रममा एकको मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Doti-hamrakura.jpg.jpeg
 डोटी । सेती नदीमा माछा मार्ने क्रममा ढुङ्गामा चिप्लेर लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गगुडा गाविस–८ बस्ने गोरे नेपाली छन् । उनी मंगलबार बेलुका माछा  मार्ने क्रममा ढुङ्गामा चिप्लेर लडेका थिए । कोलका बगड भन्ने ठाउँमा गाई भैसी जंगलमा छोडेर सेतीमा माछा मार्न गएका नेपालीको छातीमा चोट लागे पछि मृत्यु भएको हो ।
 
६३ वर्षीय नेपाली अपाङ्ग समेत थिए । उनी गाउँमा गाई भैसीको गोठालो बनेर जिविकोपार्जन गर्दै आएका स्थानीयले बताएका छन् । नेपालीको बुधबार दाहासंस्कार गरिएको उनका भाई दुले नेपालीले जानकारी दिए । ७ सय ५० मेगाबाट विद्युत उत्पादन क्षमता भएको सेतीमा प्राय यसप्रकारका घटनाक्रम भइरहन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ