arrow

डीआइडीको जज बन्दै करीना !

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
kareena.jpg.jpeg

काठमाडौं । बलिउड अभिनेत्री करीना कपुर पछिल्लो समय चलचित्र सुटिङमा व्यस्त छिन् । यसैबिच करीना चाडै  टेलिभिजनको संसारमा डेब्यु गर्न सक्ने बताइएको छ ।  

रियालिटी शो डान्स इन्डिया डान्सका निर्माताले  करीनालाई प्रस्ताव गरेका छन् ।  उनले करीनालाई डान्स इन्डिया डान्सको आगामि एडिशनमा जज  बन्नलाई प्रस्‍ताव गरेका हुन् ।

दुवैबिच कुराकानी चलिरहेको छ । निर्णय हुन बाकी छ । यदि कुरा मिले करीना कपुर उक्त टिभिमा करिना देखिने छिन्  शोका निर्देशकले बताए , 'हाम्रो करीना कपुरसँग कुराकानी भएको छ । उनि शोको हिस्सा बन्नको लागि निकै उत्सुक छिन् । आशा छ फाइनल हुनेछ ।'

करीना चाडै टेलिभिजन मा देखिने वा नदेखिने करीनाको तर्फबाट कुनै पनि प्रतिक्रया आएको छैन ।

 करीना चलचित्र गुड न्यूजमा अक्षय कुमारसँग देखिदैछिन् । करण जौहरले चलचित्रको निर्माण गरिरहेका छन् ।  अक्षय र करीनाको जोडि पुन पर्दामा आउने भएको छ ।यो भन्दा पहिले २०१५ मा  अक्षयको गब्बर इज बैक मा करीनाले क्यामियो रोल गरेकी थिइन् । दुवै चलचित्र कमबख्त इश्कमा देखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ