arrow

चुनावले नपत्याएको सोनागाछीको 'रेडलाइट एरिया', जहाँका १३ हजार मतदाता उम्मेदवारलाई कुरिरहेछन्

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत २३ शनिबार
kolkata-red-light.jpg

कलकत्ता। सोनागाछी रेडलाइट एरिया, जुन कोलकत्ताको मध्य स्थानमा रहेको सोनागाछी भन्ने ठाउँमा रहेको भारतकै सबैभन्दा ठूलो बेश्यालय हो। 

स्थानीय प्रशासनका अनुसार सो क्षेत्रमा अहिले १४ हजार भन्दा धेरै महिलाहरु आफ्नो देह व्यापारमा संलग्न रहेका छन्। कलकत्ता प्रदेश निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा मात्रै १३ हजार भन्दा धेरै देह व्यापारी महिलाहरु लोकसभा चुनावमा मतदाता रहेका छन्। तर, यो चुनावको माहोल त्यो रेडलाईट एरियामा भने देखिएको छैन। 

जुन क्षेत्रमा कूल मतदाता ३० हजार रहेका छन्। सो क्षेत्रमा ३० हजार मध्ये १३ हजार जना त सेक्स वर्कर्सहरु मात्रै छन्। तर, सो क्षेत्रमा अहिलेसम्म पनि कोही चुनावी प्रचार र भोट माग्ने जाने गरेका छैनन्। उनीहरुको समस्या, उनीहरुले समाजमा भोग्नु परेका पीडा र उनीहरुको पुनस्र्थापनाको एजेण्डा अहिलेसम्म कुनैपनि दलले उठाउन सकेको छैन। उनीहरु अहिलेपनि आफ्ना ग्राहकहरुबाहेक अरुसँग बोल्न मनपराउँदैनन् र उनीहरुको समाजमा अस्थित्व पनि दयनीय रहेको छ।

५ वर्ष अघिको प्रयास विफल 
५ वर्ष पहिलेको लोकसभाको चुनावमा एउटा बन्द ढोकामा सोनागाछीको सेक्स वर्कर्सको बारेमा चिन्ता र चासो लिईएको थियो। ढोकामा लागेको पहेँलो रंग पोतिएको बोर्डमा केही पनि नलेदिएको सो क्षेत्र भित्र ४० देखि ६५ वर्षसम्मका मानिसहरु जाने गरेको सँगै एउटा किराना पसलमा बसेर व्यवसाय सञ्चालन गर्ने किराना व्यापारीले जानकारी दिए। उनैले दिएको बाटो पछ्याउँदै जाँदा एक अभियान्ताले ती सेक्स वर्कर्सहरुकोबारेमा चिन्ता लिएको देखिन्छ।

५ वर्ष अघि उनीहरुको कल्याण र पुनस्र्थापनाको लागि जुन प्रकारको चर्चा चलेको थियो त्यो तीनै ५५ वर्षे बृद्ध अधवैंशे मानिसले नै गरेका रहेछन्। उनलाई भेटेर यस विषयमा सोध्न खोज्दा उनले सुरुमै आफ्नो नाम लेख्न नपाउने शर्त तेर्र्याए।

सोनागाछीको गल्लीमा छिरेसँगै कालो रंगमा लेखिएको कैलाश कबिराज लेन साठी संगठनु नामको बोर्ड देखिन्छ। यही संस्था हो जसले ती सेक्स वर्कर्सहरुको विषयमा जति सक्दो चिन्ता लिएको। ती व्यक्तिका अनुसार बाबुहरु जुन कोड भाषाले सोनागाछीका नियमित ग्राहकहरुलाई चिनिन्छ। 
तीनै बाबुहरुको संगठन हो त्यो कालो रंगले लेखेको कैलाश कबिराज लेन साठी संगठन। जसले पछिल्लो १७ सालदेखि सेक्स वर्कर्सलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गर्दै आएको छ। यस संगठनमा  अहिलेसम्म २५ सय सदस्य रहेको ती अधबैंशे पुरुषले जानकारी दिए। उनीहरु जहिलै पनि रजिस्टर्ड अफिसको कुनामा रहेको एक कोठामा बैठक गर्दछन्। यो सोनागाछी रेडलाइट इलाकाको छेउमै रहेका छन्।

ती सदस्यका अनुसार उनीहरुले पहिलो पटक २००१ देखि ती सेक्स वर्कर्सहरुलाई कण्डम दिन सुरु गरेको जानकारी दिए। अहिले त्यहाँ कण्डम अनिवार्य गरिएको छ। त्यतिबेला उनीहरुले कण्डम प्रयोग जागरूकता अभियान नै चलाएका थिए। त्यस्ता अभियान सुनेर ती वर्कर्सहरुले निकै खुशी व्यक्त गर्ने गरेको समेत उनले अनुभव सुनाए। तर, त्यो क्षेत्रका मानिसहरुलाई चुनावमा पनि दोस्रो दर्जाको नागरिकको रुपमा चित्रण गर्ने गरिएको छ। 

ती मानिसका अनुसार कुनैपनि चुनावमा त्यति धेरै मतदाता रहेको ठाउँमा कोही पनि उम्मेदवारहरु आफ्नो एजेण्डा लिएर जाने हिम्मत गरेका छैनन्। उनीहरुको आफ्नो भन्नु भनेको तिनै बाबुहरुमात्रै हुन्। उनीहरुको चिन्ता लिने बाबुहरु बाहेक अरु कोही पनि छैनन्। बाबुहरुको संगठनले विशेषगरी उनीहरुमाथि हुनसक्ने उत्पीडन, ब्ल्याक मेलिङ, र झण्झटहरुबाट समाधान गराउने काम गर्दछन्।

निर्वाचन आयोगको चिन्ता नोटाको
उनीहरु राजनीतिप्रति यति धेरै आक्रोशित र रुष्ट छन् कि उनीहरुलाई कुनै पनि मतदाताले आफ्नो नसम्झिएपछि उनीहरुले पनि कुनैपनि मतदाता रोज्दिन भन्ने नोटाको अप्सनमा मतदान गर्नसक्ने चिन्ता निर्वाचन आयोगको छ। कलकत्ता चुनाव आयोगका एक सहसचिवले सो क्षेत्रबाट नोटामा धेरै भोट आउन सक्ने चिन्ता व्यक्त गरे। २०१४ सालमा भारतमा भएको लोकसभा चुनावमा कूल ६० लाख मानिसले नोटामा भोट हालेका थिए। त्यसमध्ये पश्चिम बंगालमा यो संख्या नगन्य छ।

यो पनि पढ्नुस् :

पार्टी निकटका दुई कमिश्नरलाई चुनाव आयोगले हटाएपछि तृणमूल काँग्रेसमा खैलाबैला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ