arrow

जितेन्द्र र हेमा मालिनीको विवाह, तब भाड्नलाई प्रेमिका लिएर पुगे धर्मेन्द्र

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
when-a-drunk-dharmendra-landed.jpg

काठमाडौं ।  ७ अप्रिलमा बलिउडका दिग्गज अभिनेता जितेन्द्रको जन्मदिन मनाइन्छ । उनको जन्म ७ अप्रिल १९४२ मा भएको थियो । चलचित्रमा आउनुभन्दा पहिले जितेन्द्रलाई रवि कपुरको नामबाट चिनिन्थे । उनलाई यो नाम वी शान्तारामले दिएका हुन् ।

कुनै समय हेमा मालिनीसँग विवाह गर्न चहाने बलिउडका जम्पिङ जेक भनिने जितेन्द्रले आफ्नो अभिनय र डान्सिङ स्टाइलबाट लाखौ दर्शकको मन जिते ।

हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र संजीव कुमार पनि मन पाउथे साथै विवाह गर्न चाहान्थे। सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनिहरु चेन्नई पुगेको खबरहरु फैलिएका थिए ।  

जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए ।  त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हंगामा मचाइन् जसकारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । पछि धर्मेन्द्रले हेमामालिनीसँग विवाह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ