arrow

नाइजेरियाका लागि बेलायतबाट पिज्जाको अर्डर गरिने मन्त्रीको खुलासा

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
pizza.jpg

काठमाडौं ।  नाइजेरियामा पिज्जा अर्को देशबाट विमानको सहारामा मगाइने खुलासा भएको छ ।  नाइजेरियाका कृषि मन्त्री ओदु औगबेहले  धनी व्यक्तिहरु प्रतिष्ठा देखाउनको लागि ६ हजार ४ सय ४० कलिलोमिटर टाढा लण्डनबाट पिज्जा मगाउने गरेको  दाबी गरेका छन् ।

मन्त्रीका अनुसार रातमा नाइजेरियाका धनी व्यक्तिहरु पिज्जा अर्डर गर्ने र ब्रिटिश एयरवेजको विमानले बिहान नाइजेरिया ल्याइदिने बताए ।

मन्त्री ओदुको सो भाषण भएको भिडियो यति बेला सामाजिक सञ्जालमा चर्चामा रहेको छ । कयौ मानिसहरुले सो भिडियो माथि प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, 'ब्रिटिश एयरवेजले पिज्जा डेलिभरी नाइजेरियामा कहिलेदेखि सुरु गर्‍यो, यसको लागि कुनै एप्प छ ?'

नाइजेरियाको राजधानी अबूजामा भएको कृषि समिति बैठकमा मन्त्रीले सो कुरा बताएका हुन्। उनले बैठकमा प्रतिष्ठित देखाउन अर्को देशबाट सामान  मगाउनेको आलोचना गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ