arrow

नेपाली कामदार सवार बस मलेसियामा दुर्घट्ना       

logo
प्रकाशित २०७५ चैत २५ सोमबार

एजेन्सी। मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएको छ ।

उक्त बसमा नेपालीहरु पनि सवार रहेको स्थानीय संचार माध्यमले जनाएका छन्। बसमा बिभिन्न देशका श्रमीकहरु रहेको बताईएको छ।

उक्त दुर्घट्नामा ५ नेपाली, ३ ईण्डोनेसियाली र २ बंगलादेशी सहित चालकको मृत्यु भएको मालाया मेलले जनाएको छ।  बसमा ४३ जना सवार रहेको बताईएको छ।

उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो जिल्लाका प्रहरी अधिकारी जुलकिफ्ली अमामसाहले आइतबार भएको यस दुर्घटनामा परी कम्तीमा १० विदेशीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।

सो ढल करिब २० मिटर गहिरो थियो । बसका चालकको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ