arrow

दमरोगी बढ्दै

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
TV_day.JPG

काठमाडौँ । सोमबमर सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ । नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २०० मा गरिएको सो अध्ययनले मधुमेह ८.६, मिर्गौला ६, मुटु २.९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ ।

नसर्ने दीर्ध रोगको भार कति रहेको  थियो भन्ने कुनै अध्ययनसमेत भएको थिएन । मुटु, मिर्गोला, क्यान्सरलगायतका रोगको उपचारमा सरकारले आर्थिक अनुदान समेत दिँदै आएको छ । जनसङ्ख्यामा आधारित क्यान्सर रोगसम्बन्धी अर्को अध्ययनले सबैभन्दा बढी काठमाडौँमा क्यान्सरका रोगी पाइएको देखाएको छ । परिषद्ले हाल विभिन्न नौ जिल्लामा जनसङ्ख्यामा आधारित क्यान्सर दर्ता जारी राखेको छ ।

अर्कोतर्फ धनुषा, भक्तपुर  र दोलखामा गरिएको मानसिक स्वास्थ्य सम्बन्धी सर्वेक्षणले ११ प्रतिशत किशोर किशोरी तथा १३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो । विद्यालयमा स्वास्थ्यकर्मीको प्रावधान सम्बन्धी अर्को अध्ययनले विद्यालयमा स्वास्थ्यकर्मीलाई परिचालन गर्दा व्यवहार परिवर्तन र व्यक्तित्व विकासमा सहयोग पुगेको पुष्टि गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ