arrow

बैदार हुदै सचिव भएका शर्माको 'तिरो' विमोचन

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
Book_Launch_Photo_tiro.jpg

काठमाडौं ।  नेपाल सरकारका पूर्व सचिव दुर्गानिधि शर्माको पुस्तक 'तिरो' आज विमोचन भएको छ । राजधानीको कुञ्ज नाटकघरमा मन्त्रिपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मी , पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराला , स्टाफ कलेजका चिफ पुन्य प्रसाद न्यौपाने, लेखक दुर्गानिधि शर्मा र घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्त पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले पुस्तकबारे बोल्दै भने यो किताब आत्मकथा भएपनि भिन्न र फरक प्रकारको छ । राज्यप्रति भूमिप्रति र परिवारप्रतिको दायित्व, कर्तव्य र कृतज्ञता पुस्तकले व्यक्त गरेकोमा खुशी लागेको छ ।हरेक मान्छेले यति अनुभव गरेमा देश प्रतिको कर्तव्य पुरा हुने र हरेक नेताले यो किताब पढ़्नुपर्ने बताए । आफ्नो मन्त्रिपरिषदको बेला सचिव भएको शर्मा जुझारु कर्तव्यपरायणता भएको सचिव थिए । २०३२ सालमा बैदार भएको मान्छे २०६९ सालमा सचिव हुनु आफैमा प्रेरणात्मक कुरा हो । रेग्मीले बताए ।

ब्युरोक्रयासिले राजनीतिज्ञलाई र राजनीतिज्ञले ब्युरोक्रासिलाई देखाउने काम भन्दा गम्भीर भएर कार्यान्वयन पक्षमा इमान्दारितापूर्वक दृढ़ भएर लागेमा देश विकास गर्न सकिने बताए । राजनीति र कर्मचारी मिलेमा मात्र देशमा सुशासन र निर्णय लागु हुने त्यो कसरी लागु हुने भन्ने कुरा यो पुस्तकले देखाएको बताए ।

कार्यक्रमका विशेष अतिथि पुर्व अर्थमन्त्री शंकर प्रसाद कोईरालाले कर्मचारीको सरकारको स्मरण गर्दै कृष्ण प्रसाद कोइरालादेखि आफै सरकारमा भएको बेलाको स्मरण गरे र पुस्तकमा आएको कर्मचारीले राजनीति चलाउन सक्नेतर्फ गरेको इंगित सहि भएको बताए ।

कार्यक्रममा स्टाफ कलेजका चिफ पुन्य प्रसाद न्यौपानेले दुर्गानिधिको पुस्तक इमानदार प्रशासनिक दस्तावेज भएको बताए ।  प्रकाशन संस्था घोस्ट राइटिङ नेपालको अध्यक्ष कमल ढकालले'तिरो' को दर्शन आफैंमा दर्शनीय भएको बताए । आयोजक संस्था घोस्ट राइटिङ नेपालले मानव जीवनलाई पुस्तक र पुस्तकलाई संग्रहणीय बनाउन आफूहरु लागिपरेको बताए ।

पुस्तकका सम्पादक डाक्टर बालचन्द्र मिश्रले दुई वर्ष लगाएर सम्पादन गर्दा आफ्नो कथा कुन र लेखकको किताब भनेर झुक्किएको बताए । लेखक दुर्गानिधि शर्माले आफूले ३८ वर्ष ६ महिना लगाएर प्रशासनमा कार्यवाहक मुख्य सचिवसम्म भएकोले यो राज्यकाल गुण तिर्न तिरो लेखेको बताए । यसमा आजबाट मेरो अर्को जीवन सुरु भयो भन्ने महसुस गरेको छु । लेखक शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ