arrow

धार्मिक पर्यटन प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री राउत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत २६ मंगलबार
raut2.jpg

जनकपुरधाम ।  प्रदेश दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताएका छन् ।

सिरहाको लहान वडा नम्बर १८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पकडीया गढको विकासको लागि प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्याक्त गरेका छन । मुख्यमन्त्री राउतले पकडीया गढको वृहत डिपिआर तयार गर्न संरक्षण समितिलाई आग्रह समेत गरे ।

अगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य शुरु हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले राजा सहलेशको गाथासंग जोडिएको पकडीया गढलाई पनि करिडोर भित्रै राखेर विकास कार्य अघि बढाउने बताए ।

धार्मिक पर्यटकीय करिडोरको निर्माण पछि लाखौ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले राखेको भन्दै मुख्यमन्त्री राउतले त्यस पछि यस क्षेत्रमा आर्थिक गतिविधी तीब्र हुने बताए ।

गंगाबहादुर राउत क्षेत्रीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ