arrow

बालकको मृत्युपछि कुटाइ खाने नर्स भन्छिन् - केहीको मृत्यु भयो भने हामीलाई पनि मार्ने ?

आम्दामा लफडा : आफुमाथि हातपात भएको भन्दै कामकाज ठप्प

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत २७ बुधबार
amda-nurse-butwal.jpg

बुटवल। बुटवल सुख्खानगरमा रहेको सिद्वार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बुटवलको सुक्खानगरकौ नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको चैत्र २५ गते साँझ करिब ८ बजेको समयमा उपचारको क्रममा ज्यान गयो ।  भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेपछि नारायणले छोरालाई त्यहा पुर्‍याएका थिए । आम्दा पुग्नुअघि नारायणले डा. सन्तोष पोखरेललाई मेडिकलमा जाँच गराए । डा. सन्तोषले पनि तुरुन्तै भर्ना नै गर्नुपर्ने भन्दै औषधि लेखेर आम्दामा पठाएका थिए ।

‘नर्सले औषधि खुवाए, थप चेकजाँच नगर्दा बच्चाको ज्यान गयो । ’मृतक शिशुका अभिभावकको भनाई थियो । अस्पतालको लपरवाहीले आफ्नो १० महिने छोरोको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तजनले  घटनाको निष्पक्ष छानबिन गर्न र १५ लाख क्षतीपुर्ती दिन अस्पताल प्रशासनसंग माग गरे । आफ्नो माग पुरा नभए सम्म शब नउठाउने निर्णय उनीहरुले अस्पताल प्रशासन संग सुनाए ।

चैत्र २६ गते अस्पताल प्रशासनसंगको छलफलमा ३ बुँदे सहमति भएपछि शिशुका आफन्तले शव बुझे । अस्पताल प्रशासनले पिडित नारायण दर्लामीका दुई छोरीहरुको कक्षा १० सम्मको मासिक शैक्षिक शुल्क बेहोर्ने, उनीहरुलाई आगामी दिनमा उपचार गर्दा आम्दा अस्पतालमा उपलब्ध सेवामा निशुल्क उपचार गर्ने र भविष्यमा अस्पतालमा कर्मचारि आबश्यक पर्दा उनिहरुको योग्यता अनुसार बिशेष प्राथमिकतामा राख्ने सहमतिपछि आफन्तले शव बुझे ।

कुटपिटको कुरा लुक्यो
बिबाद मिल्यो भनेर सबै काममा लागे तर त्यही अस्पतालमा कार्यरत नर्सलाई शिशु मारेको भन्दै मृतककी आमाले कुटपिट गरेको कुरा बिचमै लुक्यो ।  कपिलबस्तु स्थायी घर भएकी , दिपनगरमा बस्दै आएकी र सोही अस्पतालमा कार्यरत कुटिएकी नर्सको अनुभव र क्रियाकलाप जिम्मेवारीपुर्ण भएको हुँदा उनी गलत नभएको अस्पतालमा कार्यरत कर्मचारीहरुको भनाई छ । उनलाई कपालमा लुच्छ्नुको साथै घाँटीमा समेत घाउ भएको छ । उनी अहिले सोही अस्पतालको बेडमा छिन् ।

‘डा. सन्तोष पोखरेलले लेखेको प्रेस्कीप्सनको औषधि खुवाँउँदै गर्दा बच्चाको अवस्था गम्भीर रहेको र ज्यान गयो । सोही क्रममा उपचाररत रहेकी नर्समाथी मृतककी आमा कपालमा झुण्डीदै खनिईन् । हामी ३ जनाले छुट्याएपछि उनले नर्सलाई छाडीन् । ’–सोही घटनाका प्रतक्षदर्शि तथा सोही अस्पतालका डा. मान बहादुर कोईरी बताउँछन् ।

उनले भने – ‘हामीलाई  काम गर्दा ज्यान जोगाउन मुस्कील भयो । हामीले यहाँ उपचार गर्छैँ मार्न त बसेका होईनौ नि । केहीको मृत्यु भयो भने हामीलाई पनि मार्ने ?’

आकस्मीक बाहेकका सेबा ठप्प
आफ्नो सहयात्रीलाई काम गर्दा नै कुटपिट भएको कुरालाई बेवास्था गरीएको र प्रशासनले गरेको सम्झौतामा गलत गरेर गरेजस्तो देखिएको भन्दै बुधबार दिउँसो १ बजेबाट आकस्मीक बाहेकका अन्य सेवाहरु ठप्प पारेका छन् ।

अस्पतालमा कार्यरत ६५ नर्सहरुले नै बिज्ञप्ती निकाल्दै आफ्नो सहकर्मीलाई ज्यान मार्ने तरीकाबाट गरीएको हातपातको क्षतिपुर्त सहित कारबाहीको माग गरेका छन् । उनीहरुले आफ्नो मागलाई सम्बोधन नगरीए माथील्लो निकाय सम्म जाने बताउँछन् ।

अस्पतालमा साँज ६ बजे उपचारमा आएका मृतक मञ्जील दर्लामीको अवस्था जटिल भएको भन्दै पिआईसियुमा राखेको र उपचारकै क्रममा ज्यान गएको तर मृतकका आफन्तले भने तिमीहरु भन्दा हामी जान्ने छौँ भन्दै उपचारमा बाधा ल्याउँदा समेत उपचार कार्य नरोकी उपचार गर्दागर्दै ज्यान गएको सोही अस्पतालमा कार्यरत नर्स ज्ञानु केसी बताउँछीन् ।

मृतक दर्तामीको स्वासनलीमा समस्या रहेको र बाफ आवश्यकता अनुसार २÷२ मिनेटमा लगाउन सकिने डा. पोखरेलको प्रेस्कीप्सनमा लेखिएकोले  आफुहरुले दिएको तर परिवारले बाफ बढि दिएर मारेको आरोप लगाएको अर्कि नर्स सुनिता बिश्वकर्मा बताउँछीन् ।

अस्पतालको कुनै कमजोरी बिनानै अस्पतालले मृतकका बिभिन्न माग गरेको र आफ्नो सहकर्मीमाथी भएको हातपात लाई वास्ता नगरेको उनीहरुको तर्क छ । सहमति गर्ने बेलामा समेत आफुहरुलाई जानकारी नदिई सहमति गरीएको अस्पतालमा कार्यरत नर्सहरुको भनाई छ ।

गल्ती गरेजस्तो अस्पतालको सम्झौता
यता अस्पताल प्रशासन भने आफ्नो कर्मचारीमाथी भएको हातपातको कुरा सहमतिको बेलामा राखेको तर मृतक पक्ष पिडाको बहमा बगेर गरेको र पछि छाडेँ भन्दै माग पुरा गराउन दबाद दिँदा यो अवस्था आएको बताउँछ । अस्पतालका निर्देशक बिनोद पराजुलीले अस्पताल १५ लाख तिर्न नसक्ने अवस्थामा रहेको बताउँदै शब नउठाउने र छानबिनको क्रम लामो हुने भएकोले सहमती गर्न बाध्य भएको बताउँछन् ।

उनले अस्पतालमा मृतकको शब नउठाउँदा अन्य बिरामीहरुलाई पनि गाह्रो हुने भएकोले समस्या समाधानको लागि सहमति गरेको तर नर्सहरुको ब्यवहारले अब अस्पताल आफै पिडित भईरहेको महशुस भएको तर्क गर्छन् ।अस्तालको सामाजिक उत्तरदायीत्व जस्तै पनि देखिने भएकोले आफुहरु सहमति गरको उनीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस

अस्पतालमा बालकको मृत्यु, इमर्जेन्सीमा चिकित्सक नआएको भन्दै आफन्तले बुझेनन् शव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ