arrow

पाँच बर्ष भित्र बाल बिबाह मुक्त जिल्ला घोषणा गरिने

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत ३ बुधबार
bahagangs.jpg.jpeg
बझाङ । पाँच बर्ष भित्र जिल्लालाई बाल बिबाह मुक्त गाबिस घोषणा गरिने एक कार्यक्रममा प्रतिबद्घता गरिएको छ ।  बाल बिबाहको उच्च जोखिममा रहेको बझाङ जिल्लामा बाल बिबाहका कारण समाजमा नकरात्मक प्रभाव पर्दै गएकाले यसलाई जिल्ला बाटै मुक्त गर्नु पर्ने सहभागीहरुले बताएपछि अन्तरसम्बाद कार्यक्रममै प्रतिबद्घता सहित लेखिएको ठूलो ब्यानरमा जिल्ला लाई बि.स. २०७७ साल भित्र जिल्लाबाट बाल बिबाह अन्त्य गरि घोषणा गर्न हस्ताक्षर समेत गरिएको छ  ।
 
 जिल्लाका प्रमुख राजनितीक दल , प्रमुख जिल्ला अधिकारी ,स्थानिय बिकास अधिकारी ,सरकारी तथा गैर सरकारी सस्थाका प्रमुख तथा प्रतिनिधी , नागरिक समाजका अगुवा  ,सञ्चारक्रमी र २० गाबिस बाट सदरमुकाम चैनपुर आएका बालिकाहरुले प्रतिबद्घता सहित ब्यानरमा हस्ताक्षर गरेका थिए । गत बर्ष जिल्लाको माझी गाँउ गाबिस पहिलो पटक बाल बिबाह गाबिस घोषणा भईसकेको छ । 
 
बाल बिबाहका कारण समाजमा बहुबिबाह  घरेलु हिसां बढदै गएको र शारिरिक तथा मानसिक रुपमा समेत नराम्रो प्रभाव पर्ने  रिलु गाबिसका उमेस जेठाराले बताए । जेठाराले समाजिक बिकृती अन्त्य गर्नका लागी स्थानिय सरकारले चासो नदेखाएको गुनसो गर्दै गाँउ गाँउ बाट सामाजिक जागरण अभियान सन्चालन गर्नु पर्ने धारणा राख्नु भयो । सामाजिक कुरितीका रुपमा रहेको बाल बिबाहका अशिक्षाका कारण  दिन प्रतिदिन समाजमा जगडिएर रहेको छ । 
 
बाल बिबाह, छाउपडि र घरेलु हिसांका क्षेत्रमा बर्षेनी लाखौको बजेट खर्च हुने भए पनि खासै उपलब्धी हुन नसकेको अधिकारीहरुले बताएका छन् । बालबिबाह अन्त्यका लागी समाजिक आन्दोलन गर्नु पर्ने गै.स.स. महासघंका अध्यक्ष बिरेन्द्र खड्काले बताए । खड्काले बाल बिबाह न्यूनिकरण गर्न गाँउ गाँउमा चेतनामूलक कार्यक्रमहरुलाई लैजानु पर्ने बताउदै अघिल्लो पुस्ताहरु लाई बिषेस जोड दिनु पर्ने बताए ।  हचुवाको भरमा मुक्त गर्न नहुने भन्दै समाजिक रुपान्तरणका माध्याम बाट यस लाई निराकरण गर्न सकिने बताए ।  
 
महिला हिसां बाल बिबाह छाउपडि प्रथाका नाममा बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुले बर्षेनी लाखौको बजेट खर्च गर्ने भए पनि खासै उपलब्धी हुन सकेको छैन । चेतनामूलक कार्यक्रम सन्चालन भएका गाबिसहरुमा समेत प्रभाबकारी अनुगमन नहुदा कार्यक्रमको उपलब्धी मापन गर्न सकिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ