arrow

ब्राह्मणको छोरा आफै छुवाछुत हटाउन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत २७ बुधबार
acharya2.jpg

बुटवल ।  कपिलबस्तु नगरपालिको बुद्धभुमि नगरपालिका ४ का होमराज आचार्य २६ वर्षसम्म युएसमा बसे । सन २०१० मा नेपालमा नै केही गर्न पर्छ भनि फर्किए । अध्ययनको शिलसिलामा २६ बर्षजति उतै बिताए । घरको माईलो सन्तान अर्थात जेठो छोरा आचार्यको परिवारमा बुबा, आमा, श्रीमति, छोरा, भाई र दिदि  छन् ।

समाजमा बिभिन्न किसिमबाट छुवाछुतका घटनामा आफु पनि संलग्न भएको उनको स्मरण छ । समाजले नै सिकाएको र प्रश्न गर्न नसक्ने अवस्थामा आफुले पनि स्वीकारेको उनको तर्क छ । यस्तो अवस्थामा घरमा बसेका ब्राह्मण समुदायका आचार्य बिदेश पुगे, धेरै कुराहरु सिके र प्रश्न गर्न सक्ने भए र नेपालमा नै केही गर्न पर्छ भनेर नेपाल फर्किए ।

उनी जिवन यापनका क्रममा याता उता गर्दा जातीय छुवाछुतको घटनालाई मुख्य समस्या देखे । त्यसपश्चात सामाजिक बिभेद र सामाजीक न्यायका क्षेत्रमा काम गर्न लागे उनी । उनी भन्छन् –‘ मैले नेपालको धेरै क्षेत्र घुमेको छु । जहाँ पुगे त्यहाँ पुग्दा भेटेका कुरा र देखेका कुराहरुलाई संकलन गर्दै गर्दै गएँ । म अध्ययन गर्दै जाादा जातीय बिभेद र छुवाछुतको मुद्वाको सन्दर्भ संरचना परिवर्तन भएपनि यो समस्या ज्युँ का त्युँ रहेको मैले पाए ।’

यसलाई कसरी हटाउन सकिन्छ भनेर समय समयमा पहल गरेको बताउँछन् । गैर दलित समुदायको यसमा शशक्त भुमिका हुनुपर्छ  भन्ने उनको मान्यता छ ।  उनीकै नेतृत्वमा नै अशोक दर्नाल र रिता परियारको टोली जातीय भेदभाव र छुवाछुत अन्त्यको लागि महाकाली–मेची नेपाल पदयात्रा कार्यक्रम शुरु गरे ।  यात्रा मंगलबार बुटवलमा आईपुगे । बुटवलमा आएका आचार्य सहितको टोलीले बुटवलमा आफ्नो बिचार राख्दै अझैपनि समस्या ज्युँ का त्युँ रहेको बताए ।

सुदुरपश्चिमको चाँदनीदोधाराबाट शुरु भएको पदयात्रा पुर्वको मेचीमा पुगेर सकिने छ । यात्राको क्रम चैत ३ गतेबाट शुरु भएको हो ।  उनी भन्छन् –‘ गैर दलित समुदायले नै गर्दा छुवाछुत भएको हो । त्यसैले दलित र गैर दलित मिलेर केही गरौँ भन्ने सोचका साथमा यसरी लागेँ ।’ अन्तरदेशिय बिबाह गरेका आचार्यलाई छुवाछुतको बारेमा केही असामान्य लाग्दैन् ।

सबैले मेची महाकाली यात्रा शुरु गर्छन् । तर यो टोलीले भने महाकाली मेची यात्रा गर्‍यो । कारण भनेको समाजमा छैन् भनेको छुवाछुत अझै पनि बिकराल अवस्थामा छ ।  महाकाली मेची अभियान शुरु गर्दा अन्तरजातीय बिबाह मुख्य समस्या बनेको पाए मैले । बिबाह गरेर बसेका जोडीहरु माथि पनि बिभेद देखा पर्छ ।त्यसकै कारणले ज्यान गुमाएका घटनाहरु देश छोड्नु परेका घटनाहरु देख्न पायौँ । यो एउटा लाजमर्दो कुरा हो । हामीहरुले कानुन निर्माण भईसक्यो , मानीसहरु सचेत छन भनिरहँदा पनि छुवाछुत भईरहेको अवस्था छ । कानुनि रुपमा हटेको छुवाछुतलाई व्यवहारीक रुपमा नै परिवर्तन गर्नको लागि आफुहरु पदयात्रामा निस्किएको उनको भनाई छ ।

कानुनी रुपमा हट्यो भनेर लाईब्रेरीबाट जानकारी पाएपनि ब्यवहारीक रुपमा थाहा पाउनको लागि हरेक स्थानमा नै जान आवश्य हुन्छ ।  उनले भन्छन् –‘हामी यात्राको क्रममा धेरै लेबलको जानकारी पाइरहेका छौँ । घर घरका ब्यथा घरघरका कथाहरु संकलन गरीरहेका छौँ । एक रात तपाई दलित बस्तीमा गएर बस्नुस् । त्यहाँ गईसकेपछि थाहा हुन्छ ।समस्या र पात्र । अनी पात्रले गर्ने ब्यवहार । ’

उनी गैर दलित भएर पनि छुवाछुत हटाउने माग गर्दै पदयात्रामा हिड्दा दलितहरु पनि आफै पनि माग गर्नको लागी उत्प्रेरीत गर्नको लागि यो पदयात्रा फलदायी हुने उनको छ ।  उनी भन्छन–‘छुवाछुत गैरदलितबाटै भएको हो र गैर दलितबाटै हुनु पर्छ । तपाई केही बनाउनु भयो र गलत भएमा त्यसलाई भत्काउन पनि सकन्छि नि यो पनि त्यस्तै हो । गैर दलित बाहिर आएर यसको बिरोध गर्नुस भनेर मेरो दबाब रहन्छ । ’

आचार्य संगै रहेकी रिताको घर गोर्खा हो । उनी समाजीक अभियन्ताको रुपमा कार्य गर्दै आईरहेकी थिईन् । उनी पृथिबी नारायण नगरपालिकामा कार्यरत रहेकी छन् ।  उनले समाजमा पुगेर स्थानीय सरकार संग त्यहाँको अवस्था बुझ्दा अझैपनि बिकराल रहेको पाएको बताउँछीन् ।

२४ औं दिनमा हिडेर बुटवल आएको टोली देवदह, सुनवल, बर्दघाट चितवन हुदै झापा पुगेर पैदलयात्राको विट मार्ने अभियन्ता अशोक दर्नालले बताए ।पाल्पाको हालको रैनादेबी छहरा नरपालिकामा जन्मीएका दर्नाल हाल ललितपुर उमाटोलमा बस्छन् । दलित समुदाय दबेरै रहेको हुँदा दबिएको बताउँछन् । दलित संगै गैर दलित समुदायका ब्यक्ति पनि हिडेको हुँदा कानुन ब्यवसायी पनि कस्सीएर लागेको उनी बताउँछन् ।
 
झापा पुगेपछि काठमाडौ गएर सरोकार वाला सबै पक्षसंग छलफल गरी समस्याको र्निक्योल गरी समाधानका उपाय सहित पुन आफुहरुले क्रियाकलाप बढाउने उनीहरुको लक्ष्य छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ