arrow

झुटो आरोपमा जेल परेका युवा नेतासहित तीन जनाले पाए सफाइ

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
yuba-neta.JPG

धनकुटा । ज्यान मार्ने उद्योगको झुटो आरोपमा जेल परेका नेपाली कांग्रेस धनकुटका सहिदभूमीका यूवा नेता साजन राईसहित तीन जना आज उच्च अदालत विराटनगर धनकुटा बेञ्चले सफाई दिएपछि जेल मुक्त भएका छन ।

 राजनैतिक प्रतिसोधका आधारमा ज्यान मार्ने उद्योगमा झुठा  आरोपमा एक बर्ष देखी धनकुटा कारागारमा जेल जिवन विताईरहेका नेपाली कांग्रेस धनकुटा सहिदभूमी गाउपालिका  नेता वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार साजन राई,,तरुण नेता मघु राई,कुविर राई उच्च अदालत विराटनगर धनकुटा बेञ्चको फैसलाबाट सफाई  पाएपछि  जेल मुक्त भएका हुन्।

पूर्व सांसद तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ, नेपाली काग्रेस धनकुटका जिल्ला सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाल तरुण दल धनकुटाका जिल्ला सचिव नरेन्द्र कस्चित, क्षेत्र नं. १ का अध्यक्ष तथा सहिदभूमी गाउपालिका वडा नं. १ वाडाध्यक्ष अशोक राई,क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष तिलक महतलगायतले सफाई पाई जेलमुक्त भएका नेपाली कांग्रेसका यूवा नेता साजन राई, नेपाल तरुण आखिसल्लाका नेताहरु मघु राई,कुविर राईलाई खादा तथा माला र टिका लगाई सम्मान  गरे।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ९ का नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सिताराम न्यौपाने,नेपाल तरुण दल आखिसल्लाका अध्यक्ष सुनिल राई,विकास राई  लगायत नेपाली कांग्रेस धनकुटका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो  ।

गत निर्वाचनमा भएको रिसिवीलाई लिएर निर्वाचितपछि भएको समान्य बादविवादलाई लिएर नेपाली  कांग्रेसका यूवा नेता साजन राई सहित २० जनालाई तत्कालिन नेकपाका स्थानीय नेताहरुले ज्यान मार्ने उद्योगमा झुठा मुद्धा लगाईमा १७ जनालाई धनकुटा जिल्ला अदालतले सफाई दिएको र अहिले यूवा नेता साजन राई सहित ३ जनाको हकमा पनि ज्यान मार्ने उद्योग नगरेको फैसला गरी सफाई दिई पछि जेल मुक्त  हुनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

सो अवसरमा यूवा नेता साजन राई लगायत जेलमुक्त भएका सव तरुण नेताहरुले न्यायलयले न्याय दिएको  र आफुहरुले न्याय पाएकोमा खुशी व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ