arrow

दश वर्षपछि पर्सामा भेटिए बालक

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
98880396.jpeg
पाल्पा  । दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर छाडेका थिए । 

खड्का पर्साको वीरगन्जस्थित बालकल्याण गृहमा अध्ययनरत रहेको बालकल्याण समिति पाल्पाका बालअधिकृत हरिबहादुर सारुले जानकारी दिए । खड्कालाई माइती नेपालको पहलमा वि।स। २०६२ साल जेठ ९ गते बालकल्याण गृहमा भर्ना गरिएको थियो । उनी बालगृहमा अध्ययन गर्दै आएका थिए । 

विद्यालयमा रजिस्ट्रेसन भर्दा जन्ममितिको प्रमाणपत्र आवश्यक पर्ने भएकाले जिल्ला बालकल्याण समिति पर्साले पाल्पालाई पत्रचार गरेपछि खड्का सम्पर्कमा आएको बालअधिकृत सारुले जानकारी दिए । खड्काका बुबा भूपेन्द्र खड्काको भने मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ