arrow

पूर्वप्रेमीसँग भुलेर पनि नगर्नुहोस् यी कुरा

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
salman-aish1.jpg

काठमाडौं । ब्रेकअप केही मानिसका लागि सजिलो हुन्छ भने केहीको लागि यसले जीवनमा ठूलो धक्का दिन्छ । यस्तोमा धेरै मानिसहरु पूर्वप्रेमी-प्रेमिकासँग कुरा गर्दैनन् । तर, केही मानिसले भने साथीको रुपमा कुरा गरिरहेका हुन्छन् । यस्तोमा निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ–

१. आफ्नो दुःख नबताउनु
आफ्नो एक्ससँग कुरा गर्दा आफ्नो दुःख वा समस्याको विषयमा कुरा गर्नु हुँदैन । यदि उसले आफ्नो समस्यलाई नबुझेको खण्डमा फेरि पनि दुःख लाग्नसक्छ । यसले मानिसको दुःख बढाउने काम गर्छ ।

२. आफ्नो जीवनको विषयमा नबताउनु
आफ्नो जीवनका कुराहरु एक्ससँग शेयर गर्नु हुँदैन । यदि उसले साथीको रुपमा मात्र तपाइँलाई हेरिरहेको छ भने उसँग तपाइँको जीवनबारे कुनै चासो हुँदैन । यसले तपाइँलाई दुःखी बनाउन सक्छ ।

३. उसलाई याद गर्नुहोस् तर नबताउनुहोस्
ब्रेकअप पछि पनि एक्सको याद आउनु कुनै नौलो कुरा होइन । तर, एक्ससँग कुरा गर्दा मैलै सम्झिरहेको छु भन्ने कहिल्यै पनि बताउनुहुँदैन । यसो गर्दा उसले पुनः रिलेसनमा बस्न चाहन्छ भन्ने बुझ्नसक्छ ।

४. जलाउने प्रयास नगर्नु
कहिल्यै पनि एक्ससँग झगडा गर्ने प्रयास गर्नुहुँदैन । यसले उसलाई तपाइँले जलाउने प्रयास गरिरहेको जस्तो लाग्नसक्छ । त्यसले तपाइँको कुरालाई उसले नकारात्मक रुपमा लिन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ