arrow

 ‘प्रधानमन्त्रीकी छोरी’ ले हासिल गरिन् प्रथम स्थान 

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
oli-daughter.jpg

मुगु । आठ बर्षीया ठिल्लेसाङ्मु लामा एक बर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो बर्ष बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहरण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए ।

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छन् । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए ।

उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारका कोही साक्षार छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी काममा व्यस्त हुने गरेकी छन् ।

पानी भर्ने, गाईबस्तु चराउने, बनपाखामा च्याउ टिप्नेलगायतका काम गर्छिन । करिब तीनबर्ष अघि बाबु कार्माटोन्डुल लामाको लडेर मृत्यु भएपछि आमा छिजुले उनी र बहिनीको पालनपोषण गरिरहेको ओलीले बताए । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ