arrow

लुक्लामा भएको विमान दुर्घटनाको भिडियो बाहिरियो, यस्तो छ भिडियो

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
lukla_crash2.jpg

काठमाडौं । आइतबार विहान लुक्लामा भएको समिट एयरको विमान दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । लुक्लाबाट काठमाडौं आउँदै गरेको समिट एयरको ९ एन– ए एम एच विमान मनाङ एयरको हेलिकप्टरसँग ठोकिएर दुर्घटनामा परेको थियो ।

ट्विटरमा ३७ सेकेण्डको भिडियो पाकिस्तानी पत्रकार खालिद खिको ह्याण्डलबाट बाहिर आएको हो । विमान आइतबार बिहान ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो । विमान मनाङ एयरको हेलिकोप्टरसंग ठोक्किएको हो । समिट एयरले दिएको जानकारी अनुसार टेकअप प्वाईन्टमा दूर्घटना हुँदा चालक दलका सदस्यहरु घाईते भएका छन् । 

समिट एयरले प्रारम्भिक जानकारीमा जहाजमा कोही पनि प्यासेन्जर नरहेको र चालक दलका सदस्य घाईते भएको भन्ने जानकारी आएको भएपनि त्यहाँ टेलिफोन सम्पर्क हुन नसकेको कारण स्थितिबारे थप जानकारी प्राप्त नभएको बताएका छन् । जहाज लुक्लाबाट काठमाडौं आउन लागेको थियो । लुक्ला एयरपोर्टबाट उड्ने बेलामा दूर्घटना भएको हो । 

Tenzing–Hillary-Lukla airport Nepal spot visuals, plane collided with parked chopper, 2 dead, 5 injured pic.twitter.com/LTsc1DT15h

— Khalid khi (@khalid_pk) April 14, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ