arrow

विश्वका सबैभन्दा खतरानक विमानस्थल, जसमा नेपाल पहिलो स्थानमा

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
lukla.jpg

१. तेन्जिङ–हिलारी एयरपोर्ट, नेपाल

विश्वका सबैभन्दा खतरानक विमानस्थल को सूचीमा नेपालको तेन्जिङ–हिलारी एयरपोर्ट सबैभन्दा अगाडि छ । लुक्लामा रहेको यो विमानस्थलको रनवे ४६० मिटरको रहेको छ । साना हेलिकोप्टरहरु ल्याण्ड गर्न सकिने यो विमानस्थलको दक्षिणमा ६ सय मिटर गहिरो भीर रहेको छ । यो विमानस्थलमा उडानको अलिकति मात्र चुक हुन पुगेको खण्डमा बाँच्ने आशा नराखे पनि हुन्छ ।

२. बारा एयरपोर्ट, स्कटल्याण्ड
स्कटल्याण्डको यो विमानस्थल समद्रमा कहिलेकाँही ज्वारभाट उत्पन्न हुँदा डुब्ने गरेको छ । जसको कारण यो विमानस्थलको उडानको समय पनि निश्चित हुँदैन । यो विमानस्थल त्रिकोणमा बनेको छ । यहाँ विमान ल्याण्डको लागि सहज होस् भनेर अग्ला पोल राखिएको छ ।

 ३. माले एयरपोर्ट, माल्दिभ्स
माल्दिभ्सको माले अन्तर्राष्ट्रिय विमानस्थलमा विमान ल्याण्ड गराउनु सबैभन्दा कठिन काम हो । अलकत्राको प्रयोग गर बनाइएको यो विश्वको एकमात्र विमानस्थल हो । यो विमानस्थल समुद्रको केवल २ मिटरको उचाइमा रहेको छ । यो विमानस्थलमा विमान ल्याण्ड गराउँदा समुद्रको एक छेउबाट अर्को छेउसम्म पुग्नुपर्ने हुन्छ । यस्तोमा पाइलटको सानो गल्तीले पनि विमान हिन्द महासागरमा खस्ने सम्भावना हुन्छ ।

४. इरास्किन एयरपोर्ट
क्यारेबियन क्षेत्रमा रहेको यो विमानस्थलमा ल्याण्ड गराउन सानो मुटुले काम गर्दैन । यो विमानस्थलको रनवे अहिले व्यावसायिक विमानस्थलमध्येकै सबैभन्दा छोटो छ । ३ तिर समुद्रबाट घेरिएको यो विमानस्थको एक तर्फ ठूलो चट्टान रहेको छ । यसको रनवे केवल ३९६ मिटरको रहेको छ । जबकी सामान्य रनवे १८०० देखि २४०० मिटरसम्मको रहने गरेको छ ।

५. कोलोराडो एयरपोर्ट, अमेरिका
अमेरिकाको कोरोराडोमा रहेको टेलुराइड रिजनल एयरपोर्ट २७६७ मिटरको उचाइमा रहेको छ । यो विमानस्थलमा ल्याण्ड गर्दा आङ नै सिरिङ्ग हुन्छ । यहाँबाट तल खसिने डर हुने गरेको छ । निकै खतरानक रहेको यसकोरनवे सन् २००९ मा मर्मत गरी केही सुरक्षित बनाइएको थियो । यद्यपि सुन्दरताको हिसाबमा भने यो विमानस्थल निकै आकर्षक छ ।

६. काइ टाक एयरपोर्ट, हङकङ
हङकङको काइ टाक विमानस्थल पनि निकै खतरानक रहेको थियो । यो विमानस्थलमा सन् १९२५ देखि १९९८ सम्म विमान उड्ने क्रम जारी थियो । यो विमानस्थलमा ल्याण्ड गर्दा मानिसहरु निकै नै आत्तिने गर्थे । साथै यहाँबाट सुरक्षित विमान उडाउनसक्नु पनि एक चुनौतीपूर्ण काम थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ