arrow

प्रधानमन्त्रीले गरे बृद्धभत्ता बढाउने घोषणा, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा योजना उद्घाटन

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
beema_yojana.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा योजनाको सुरुवात गरेका छन् । आईतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले योजनाको सुरुवाथ गरेका हुन् । 

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले बृद्धभत्ता बढाउने घोषणा गरेका छन् । ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका हुन्। उनले अब दिईने बृद्धभत्ताको रकम झोलामा नभई चेकमार्फत् दिईने घोषणा समेत गरेका छन् । उनले भने 'कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ। वृद्धभत्ता बढाएर के फाइदा ? भन्ने पनि सुनियो। बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो। भत्ता बढाएरै छाड्ने हो ।'

सो योजनामा अब सबै नेपालीको बैंक खाता हुने र ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई स्वास्थ्य बीमा गराउने समेत समेटिएको छ । प्रधानमन्त्री ओलीले १०० वर्षिया जमुना गुरुङ र ९४ वर्षीया गौरी श‌ंकर दास लगायतकको नाममा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रमको बीमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो अभियानको सुरुवात गरेका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्यबीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएनसको आयोजनामा यस्तो योजनाको सुरुवात गरिएको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ