arrow

आफ्नो घर छाड्दै अजय देवगन, भाडाको घरमा सर्दै

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
ajaya-kajol.jpg

काठमाडौं । पछिल्लो पटक बलिउड स्टार अजय देवगनको फिल्म ‘टोटल धमाल’ प्रदर्शनमा आएको थियो ।

 चलचित्र बक्सअफिसमा धमाकेदार रहन पुग्यो र यसले २ सय करोडभन्दा बढी रकम कमाएको थियो । यो फिल्मलाई हेर्ने धेरैले मन पराएका थिए ।

यसै क्रममा अजय देवगन र काजोल एक नयाँ घरको खोजीमा रहेको समाचार सार्वजनिक भएको छ । उनीहरु अहिले आफूलाई सहज हुने किसिमको घरको खोजीमा छन् ।

 उनीहरु मुम्बईमै उक्त घरको खोजीमा रहेका हुन् । उनीहरु अन्त कतै जाने मनसायमा भने छैनन् । उनीहरुको घर धर्मेन्द्रको घरको ठिक अपोजिटमा छ ।

अजय देवगन २ वर्षका लागि नयाँ घर भाडामा लिने सोचमा रहेका हुन् । यो समयमा उनीहरु आफ्नो घरको मर्मत गराउने सोचमा छन् ।

 घरका लागि अजयले नयाँ डिजाइन तयार पारेका छन् र सोही अनुसार घरको संरचना परिवर्तन हुनेछ ।

 अजय देवगन र काजोल सन् १९९९ मा विवाह भएपछि यो घरमा बस्दै आएका छन् । उनीहरुका दुई सन्तान न्यासा र युग पनि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ