arrow

दायाँमा थियो घाउ, जब डाक्टरले काटे बायाँ खुट्टा

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
leg-doctor.png

काठमाडौं । समयसमयमा डक्टरको लापरबाहीको कारण बिरामीको ज्यान जाने गरेको वा खासै ठूलो रोग नलागेको बिरामी पनि सिकिस्त हुने गरेको समाचार आउने गर्छन् ।

भारतको जयपुरमा पनि यस्तै एक घटना घटेको छ । जयपुर स्थित एक अस्पतालमा डक्टरको लापरबाहीको कारण ७० वर्षीय एक वृद्ध अपांग बन्न पुगेका छन् । पीडितले यो मामिलालाई लिएर डक्टरविरुद्ध मुद्दा पनि दायर गरेका छन् ।

 जयसिंहपुराको गाउँमारहने ७० वर्षीय राजाराम मीणा आफ्नो दाहिने खुट्टाको औंलामा लागेको घाउको कारण समस्यामा थिए । समस्याबाट पार पाउन उनी अस्पतालमा उपचारका लागि गएका थिए ।

डक्टरले दाहिने खुट्टाको सामान्य उपचार गरी मल्हमपट्टी लगाएर पठाएका थिए । तर, उनको बायाँ खुट्टा दुख्ने समस्या देखिएको थियो । यो समस्या बढेपछि फेरि अस्पताल पुगेका थिए । दोस्रोपटक अस्पताल जाँदा उनको बायाँ खुट्टा नै काटिदिएका थिए । यो घटनाको कारण डक्टरको लापरबाही रहेको बताइएको छ ।

पीडितले दायर गरेको मुद्दामा बिरामीबाट २ लाख रुपैयाँ पनि असुल गरिएको बताइएको छ । यसको जवाफ दिँदै अस्पतालले राजाराम पेरिफेरियल रोगबाट ग्रसित रहेको भन्दै आफूहरु रोगीप्रति पूरा सहानुभूति राख्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ