arrow

चल्यो बागमती नदीमा मोटरबोट 

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
motorboat.jpg

काठमाडौं । बागमती नदीमा मोटरबोट सञ्चालनमा आएको छ । दुई प्रदेशका चार जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा आइतबारबाट मोटरबोट सञ्चालनमा आएको हो ।

प्रदेश २ का रौतहट र सर्लाही तथा प्रदेश ३ का मकवानपुर र सिन्धुली जिल्लाको बीचमा पायक पर्ने गरी बागमती नदीबाट गन्तव्यमा पुग्नेगरी मोटरबोट परीक्षणका लागि सञ्चालनमा ल्याइएको हो । 

मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको नेतृत्वमा मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

मोटरबोट सञ्चालनमा आएपछि मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ, सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका, सर्लाहीको बागमती नगरपालिका र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नागरिकलाई जलमार्गबाट गन्तव्यसम्म पुग्न सहज हुने देखिन्छ । 

सरकारी निकायबाट सञ्चालन गर्दा झन्झटिलो हुने भएकाले यसको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी भइरहेको बुझिएको छ । तत्कालको लागि भाडामा लिइएको मोटरबोटको मासिक दुई लाख भाडा तिर्नुपर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ