arrow

रहेनन् प्रचण्ड 

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार

परासी । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।     
     
 जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उनकै निवास बर्दघाट–२ चिसापानीमा सोमबार श्रद्धाञ्जलिका लागि राखिने उनका ज्वाइँ शेरबहादुर आचार्यले बताए । दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने र त्रिवेणीघाटमा दाहसंस्कार गरिने बताइएको छ ।     
     
 बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा छन् । नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुन् ।

नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ । उनका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ