arrow

विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम घोषणा, स्मिथ र वार्नरको पुनरागमन

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
australia-cricket-worldcup.jpg

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको १५ सदस्यीय टोली घोषित भएको छ । इंगल्याण्ड र वेल्समा मे ३० बाट  हुने विश्वकपका लागि पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर पनि परेका छन् । 

क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको विश्वकप खेल्ने टोलीको सूचीमा स्मिथ र वार्नर परेका हुन् । ‘बल टेम्परिङ’ को आरोपमा प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । तर, प्रतिबन्ध फुकुवा भएसंगै स्मिथ र वार्नरले अष्ट्रेलियन टोलीमा बनाउन सफल भएका छन् ।

एक वर्षअघि दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।

हाल उनीहरु आइपिएलमा खेलिरहेका छन् । वार्नर सनराइजर्स हैदराबादबाट र स्मिथ राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।

को को परे टिममा ?
कप्तान आरोन फिन्च, जेशन बेरन्डर्फ, एलेक्स क्यारी (विकेट किपर), नथन कुल्टर नाइल, प्याट कमिन्स, उस्मान खवाजा, नेथन लियोन, शन मार्श, ग्लेन म्याक्सवेल, जेइ रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल मार्श, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा । 

को को परेनन् ? 
पिटर ह्यान्डस्कम्ब, एस्टन टर्नर, केन रिर्चडसन र जोस हाजलउड टिमबाट बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ