arrow

एनआईसी एशियामा खाता खोल्दा १ सय रुपैयाँ पाइने

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
nicasiabanklogo.png

काठमाडौं। एनआईसी एशिया बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६” मा साथ दिएको छ । “समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता” भन्ने नारासहित सुरु भएको यस अभियानमा साथ दिन एनआईसी एशियाले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” योजना सञ्चालनमा ल्याएको हो।  
 
नयाँ वर्षको उपलक्ष्यमा बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ। जसअन्तर्गत खाता खोल्ने व्यक्तिलाई बैंकले १०० रुपैयाँ नगद खातामा जम्मा गरिदिने भएको छ ।  
हाल एनआईसी एशियाले नेपालभर २ सय ८१ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ