arrow

एनआईसी एशिया क्यापिटलले ल्यायो ‘एक नेपाली, एक डिम्याट खाता’

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
nicasiacapital.gif

काठमाडौं।एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान वर्षको रुपमा संचालन गर्ने जनाएको छ। व्यक्तिको सबल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै अभियानको थालनी गरेको कम्पनीको दाबी रहेको छ। कम्पनीको आम जनताबीच डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि अभियान संचालन गर्ने योजना रहेको छ ।

कम्पनीले सोही अभियानलाई टेवा पुर्याउन असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरेको  जनाएको छ। अभियानले महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने कम्पनीको विश्वास रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ