arrow

यू–१९ विश्वकप छनोटमा नेपालद्धारा मलेसिया ८ विकेटले पराजित

२२२ बल अगाडि नै नेपालको जित, बढ्यो छनोटको आशा

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
u-19-nepal2.jpg

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको छनोटको आशा बढेको छ । जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको जित हात पारेसंगै नेपालको आशा बढेको हो । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा विजयका लागि नेपालले ९३ रनको लक्ष्य पाएकामा २२२ बल खेल्नुअघि नै जित हात पार्यो । नेपालले १३ ओभरमै २ विकेटको नोक्सानीमा जित पाएको हो । 

रित गौतमले नटआउट ३९, आसिफ शेखले २६ र पवन सर्राफले १९ रन बनाए । 

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले ३३।५ ओभरमा अलआउट हुँदै ९२ रन बनायो । लिज्जत डानियल फिकरीले सर्वाधिक ३७ रन बनाए । नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए । खेलका सुरुवाती दुवै विकेट कमल सिंह ऐरीले लिएका थिए । 

सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेलेको हो ।

जितपछि ४ अंक जोडेको नेपाल छनोटका लागि संघर्षरत छ । शीर्ष स्थानको एक टिमले मात्र विश्वकपमा ठाउँ बनाउने छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो ।

नेपालले मंगलबार ओमानसंग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ