arrow

प्रधानमन्त्रीका साथी राष्ट्रपतीद्वारा विभूषित

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
Tikaram-Bardewa.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र टिकाराम बर्देवाको भेट नभएको ४६ वर्ष भयो । कुनै बेला अत्यन्त घनिष्ट मित्रता थियो दुई बिच । मित्रता एउटै जिल्लावासी, छिमेकीको मात्र  होईन राजनैतिक मित्रता पनि थियो । 

२०२९ साल भन्दा अगाडि एकले अर्कोलाई सेल्टर दिने र  प्राय एकै ठाउँ खाने र एकै ठाउँ सुत्ने यी दुई जनाको २०२९ साल पछि ४६ वर्ष सम्म भेट भएन। 

२०२९ सालमा निरंकुस पंचायती ब्याबस्थाका बिरुद्ध आन्दोलन गर्दा तेह्रथुम जिल्लाका नम्बर १ बिद्यार्थी नेता थिए केपी र टिकाराम ।

२०२८ सालको झापा आन्दोलन लगतै तेह्रथुम उक्लेका केपी ओली र टिकारामले तेह्रथुम जिलाको आठराईलाई कम्युनिष्टहरुको उर्बर भूमिका रुपमा बिकास गर्न राजनैतिक रुपमा महत्वपुर्ण भूमिका निर्वाह गरे।

जिल्लाका शिक्षण संस्था ठप्प पार्ने देखि त्यँहाका साहु, महाजन र पंच माथि धावा बोल्दै आफ्ना राजनैतिक गतिबिधि अगाडी  बढाउँदै लगे । त्यस समयताका एउटा घट्ना सम्झिदै बर्देवा भन्छन ‘हामीले जिल्ला भरिका शिक्षण संस्थाहरु बन्दको आव्हान गरेका थियौं, जिल्लाका अधिकांश शिक्षण सस्था बन्द भए पनि पंचहरुको बाहुल्यता भएको आठराई कै चपुर भन्ने ठाउको एउटा बिद्यालय खुलेको सुचना पायौ । त्यस लगतै हाम्रो टिम उक्त स्कुल बन्द गराउन त्यता लाग्यो । त्यो टिममा केपी जी पनि हुनुहुन्थ्यो । चपुरको स्कुल पुग्दा त्यहाका पंचहरुले प्रहरीलाई हामी आउदै गरेको सुचना दिई सकेका रहेछन । त्यहा हामी सफल हुन सकेनौ । प्रहरी र पंचहरुसंग प्रतिकार गर्न न सकेपछि हामी त्यहाबाट पछि हट्न बाध्य भयौ । हामी लखेटियौ । धेरै साथीहरु कता कता भाग्नु भयो हामीलाई थाहा भएन तर केपीजी र म चपुर भन्दा तल तमोर खोला तिर भाग्यौ । असार साउनको भेल चलिरहेको थियो तमोर नदीमा । केपीजी त्यहि भेलमा फालहान्नु भयो र पारि तर्नु भयो । मलाई पौडिन न आउने भयको ले वारी नै छुटे ।‘

पंचायती ब्यबस्था बिरुद्द आन्दोलन चर्किदै जाँदा तत्कालिन सरकारले आन्दोलनकारी  लाई नामेट  पार्न कडा कदम चाल्यो । आठराईमा त्यतिबेला पंचायती ब्याबस्था बिरुद्ध आन्दोलन हाकी रहेका केपी शर्मा ओली,टिकाराम बर्देवा, राम चन्द्र मैनाली, भिम राज कन्दंगवा, गंगा प्रसाद उप्रेती, त्रिलोचन मनाली, सुर्य प्रसाद कन्दंगवा, नरेश शाक्य, रामनाथ दाहाल, बद्रि ओली, तेज बहादुर कन्दंगवा लगायत ३२ जना को नाममा तत्कालिन पंचायती सरकारले राजकाज मुद्धामा वारेन्ट जारी गरेको थियो ।

त्यस पछि जिल्लामा बस्न सक्ने अवस्था भएन पछि सबैले भूमिगत हुनु पर्यो ।  यहि क्रममा बर्देवा भारतको आशाम पुगे । आशाम र भुटानमा झन्डै ३ वर्षको भूमिगत जीवन बिताएर २०३२ साल कार्तिकमा भिमराज कन्दंगवा, त्रिलोचन मैनाली, रुद्र कन्दंगवा लगायतको टोलि जिल्ला प्रशासन कार्यालय तेह्रथुममा हाजिर हुन गयो। तर तत्कालिन सरकारले उनीहरुलाई दुई वर्ष जेल हाल्यो । बर्देवाले दुई वर्षको जेल जीवन बिताएर पुन राजनीतिमा फर्किन पारिवारिक बाध्यता र आर्थिक अभाबका कारणले सकेनन्। त्यसपछि उनि आफ्नो अध्ययनलाई अगाडि बढाउन थाले।

अध्य्यन पुरा नगर्दै परिवारको आर्थिक अवस्था टार्न शिक्षण पेसामा संलग्न हुन पुगे । सुरुमा अस्थाई शिक्षक बाट शिक्षण पेसामा प्रवेश गरेका बर्देवा स्थाई हुदै २७ वर्ष लामो शिक्षण सेवा गरेर अनिवार्य अवकास लियर बसेका छन् ।

आफ्नो प्रधानाध्यापकको कार्यकालमा  रहदा तेह्रथुम जिल्लाको आठराई छातेढुङ्गा गा बि स वडा न ६  मा रहेको श्री सरस्वति नि मा बि लाई आर्थिक, भौतिक तथा शैक्षिक रुपमा जिल्ला भरिकै नि.मा.बि मध्ये उत्कृष्ट बनाउन सफल भएको भन्दै श्री सरस्वती नि.मा.बिलाई २०६६ सालमा जिल्ला शिक्षा कार्यालय तेर्हथुमले रु एक लाख नगद पुरस्कार सहित पुरस्कृत समेत गरेको थियो ।

यसरी जिल्लाको शैक्षिक क्षेत्रमा पुर्यायको योगदान को उच्च कदर गर्दै जनसेवा श्री पाँचौ श्रेणी अन्तर्गत सम्माननिय रास्ट्रपतिबाट २०७५ साल असोज ३ गते संबिधान दिवसको अवसरमा विभिन्न मान पदवीद्वारा विभूषित गर्ने निर्णय अनुसार २०७६ साल बैशाख १ गते सम्माननीय रास्ट्रपतिबाट  जनसेवा श्री पाचौ श्रेणी बाट बर्देवा विभूषित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ