arrow

विवेकशील नेपाली दलको प्रश्न : नेता हौ कि भू माफिया ?

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
dal.jpg

काठमाडौं ।  सरकारी तथा सार्वजनिक जग्गाहरूलाई राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको भन्दै  विवेकशील नेपाली दलले सिंहदरबार अगाडि विरोध कार्यक्रम गरेको छ ।

दलले सोमबार कागजात बनाउने अनि त्यसलाई वैधता दिने निर्णय सरकारबाटै हुँदै आएका घटनाहरु पनि सार्वजनिक भइसकेकोले सो कामको विरोधमा सिंहदरबार अगाडि विरोध कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा ‘लुटतन्त्र का अनेक कथा’ नाम दिइएको थियो। उक्त कार्यक्रममा सहभागीहरूले सार्वजनिक जग्गाहरू नै यसरी अतिक्रमण हुँदा हाम्रो लोकतन्त्र लुटतन्त्रमा परिणत भएको बताएका थिए। झन् ठुला पार्टीका शिर्ष नेताहरु नै यसरी माफियाको पक्षमा अनि सहयोगमा उभिदा, नेता अनि माफिया छुट्याउन गाह्रो भएको सहभागीहरुको धारणा थियो।

साथै, सार्वजनिक जग्गा अतिक्रमणले हाम्रो संस्कृतिहरूलाई कमजोर बनाउने, हाम्रा बालबालिकाले डुल्ने, खेल्ने ठाउँ नपाउने जस्ता समस्या  आएको बताएका थिए।   

सहभागीले  ‘नेता हौ कि भू माफिया’ “माफिया सांसद राजीनामा दे !” “मुखमा राम राम, बगलीमा छुरा, केपी सरकारका सधैँ हावा कुरा !” “सिद्धान्तमा कम्युनिस्ट, काममा कमाउनिस्ट ?” जस्ता नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ