arrow

आदित्यनाथलाई तीन दिन र मायावतीलाई दुईदिन प्रचारमा रोक

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
yogi_mayawati.JPG

नयाँ दिल्ली। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ३ दिनसम्म प्रचारप्रसारमा रोक लगाईएको छ । सोमबार निर्वाचन आयोगले नोटिस जारी गर्दै उनलाई ७२ घण्टाको लागि प्रचार प्रसारमा रोक लगाईएको हो । 

९ अप्रिलको दिन योगी आदित्यनाथले मेरठमा भएको आमसभामा दिएको अभिव्यक्तिले आचारसंहित उल्ल्रघन गरेको भन्दै आयोगले आदित्यनाथलाई ३ दिनसम्म प्रचारप्रसार नगर्न निर्देशन दिएको हो । उनले सो आमसभामा एसपी र विएसपीको गठबन्धन विरुद्ध अभिव्यक्ति दिएका थिए । आदित्यनाथले एसपी र विएसपीलाई मुस्लिम धर्मका प्रवद्र्धक अलिमा विश्वास रहेको भन्दै आफूलाई बजरंगवलीमाथि विश्वास रहेको बताएका थिए । उनको अभिव्यक्तिले धार्मिक सहिष्णुतामाथि प्रहार गरेको भन्दै निर्वाचन आयोगले यस्तो सजाय दिएको हो । 

त्यस्तै, बहुजन समाजवादी पार्टीकी प्रमुख मायावती सिंहलाई पनि निर्वाचन आयोगले २ दिनसम्म प्रचार गर्न नपाउने घोषणा गरेको छ । मायावतीले पनि दिएको अभिव्यक्तिलाई लिएर नै उनीमाथि कारबाही गरिएको हो । मायावतीले अप्रिल ७ तारिकको दिन आयोजित एक कार्यक्रममा काँग्रेसले चुनाव जित्नको लागि मुस्लिम धर्मको मानिसलाई उठाएर भारतीय जनता पार्टीलाई सहयोग गरेको आरोप लगाएकी थिईन् । उनले आफूहरुले पहिले नै मुस्लिम उम्मेदवार उठाएको भन्दै त्यहि देखेर काँग्रेसले पनि मुस्लिम उम्मेदवार उठाएको उनको आरोप थियो । उनले काँग्रेस आफूले नजितेपनि गठबन्धनलाई जसरी पनि हराउने पक्षमा रहेको आरोप समेत लगाएकी थिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ