arrow

जग्गा विवादबारे समाचार लेख्ने पत्रकार पक्राउ, महासंघले दियो चेतावनी 

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
arjun-giri-pokhara_20190415104442.jpg

काठमाडौं । जग्गा विवाद र ठगि सम्बन्धी समाचार लेख्ने पत्रकारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम (साप्ताहिक) का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको गरेको हो । उनलाई पक्राउ गरेको प्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ । 

जग्गा विवाद सम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय बिपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले सम्पादक गिरीलाई आज बिहान करिब ११ बजेतिर पोखराबाट पक्राउ गरेको नेपाल पत्रकार महासंघ पोखरा शाखाले जनाएको छ । समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक रहेको महासंघको भनाई छ । 

पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ । महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गरेको छ । 

साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दै समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग पनि गरेको छ  । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ