arrow

पाँचथर गोल्डकपको उपाधि मोरङको पोल्टामा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ वैशाख २ सोमबार
panchtar_goldcup.JPG

पाँचथर । डिएफसी मोरङले वाईवाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हत्याएको छ । आज भएको फाइनल खेलमा यूनाइटेड क्लव दार्जिलिङ लाई ३—१ गोल अन्तरले पराजित गर्दे उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

विजेता भएसँगै मोरङले ४ लाख रुपैया नगद,ट्रफी हात पारेको छ । यस्तै उपविजेतामा चित्त बुझाएको दार्जिलिङले नगद २ लाख रुपैया र ट्रफी हात पारेको छ ।

मोरङलाई जिताउन हेमन्त थापा मगरले खेलको ८ औ मिनेटमा,संजोग राईले ५६ औ मिनेटमा र विदेशी खेलाडी अर्मानले ५२ मिनेटमा एक एक गोल गरेका थिए । उता जवाफमा दार्जिलिङको तर्फबाट करण राईले सान्तवना मार्फत खेलको ३७ औ मिनेटमा एक गोल फर्काएका थिए ।

आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका मोरङमा हेमन्त थापा मगर म्यान अफ दि म्याच घोषित भए । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका विक्रम लिम्बू,उत्कृष्ट गोलकिपर मोरङका दिनेश थापा, बेल्ड डिफेन्डर दार्जिलिङका दिवश लिम्बू घोषित भए ।

यस्तै उत्कृष्ट मिडफिल्डर दार्जिलिङका वाङदेन तामाङ,उत्कृष्ट स्ट्राइकर मोरङका संजोग राई, राईजिङ प्लेयर आयोजक पाँचथर फुटवल क्लवका हेमन्त दर्नाल घोषित भए ।

गत चैत्र २४ गते बाट शुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ